स्पोर्टिज टाइपको बजाज डोमिनार ४०० नेपालमा सार्वजनिक, पल्सरको विकल्पका रुपमा प्रस्तुत

बिजमाण्डू
२०७३ चैत्र ६ गते १९:३८ | Mar 19, 2017
स्पोर्टिज टाइपको बजाज डोमिनार ४०० नेपालमा सार्वजनिक, पल्सरको विकल्पका रुपमा प्रस्तुत
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले 'अल न्यू बजाज डोमिनर ४००' बाइक सार्वजनिक गरेको छ। स्पोर्टिज यो बाइकको मुल्य ४ लाख ७० हजार रहेको कम्पनीले जनाएको छ।
 
नयाँ डोमिनार ४०० को प्रमुख पक्ष इन्जिन रहेको कम्पानीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसमा चेसिस इन्जिनियरिङका साथमा ३७३ ट्रिपल सिसीको टिएसआई इन्जिन रहेको कम्पनीले जनाएको छ। यसमा ६ स्पिड गियरबक्स र स्लिपर क्लच राखिएको विज्ञप्तिमा जनाएको छ। कम्पनीका अनुसार यसले एक सय ४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्छ ।
 
बाइकले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२३ सेकेन्डमा तय गर्न सक्ने कम्पनीको दावी छ। 'हामी ढुक्क छौं कि डोमिनार ४०० ले सही यात्रुहरूलाई अपेक्षाभन्दा बढि अनुभव प्रदान गर्छ, कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने- यसले वास्तवमा नै बिग ब्वाइज प्ले एट नाइटलाई सार्थक बनाउँछ।' 
 
यसमा रहेको तीनसय २० एमएमको फ्रन्टमा रहेको डिस्क र दुईसय ३० एमएमको रियर डिस्कका साथमा ड्यूल च्यानल एबीएस(एन्टि लक ब्रेकिंग सिस्टम)ले ब्रेकिंगलाई सुरक्षित बनाउने कम्पनीले जनाएको छ। 
 
११०/७० सेक्सन टायर फ्रन्टमा र १५०/६० सेक्सन टायर  रियरका साथमा १७ इन्चको एलोए ह्विल राखिएको छ। डोमिनार ४०० पेरिमिटर ससक्त फ्रेमका साथै कन्टाउर प्रेस्ड स्टील स्विङआमले सहज यात्राको अनुभूती दिने कम्पनीले जनाएको छ।
 
यसको फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क र मल्टि स्टेप एडजस्टेबल मोनो सक  राखिएको छ । डोमिनार ४०० मा यस बाइकको श्रेणीमा फूल एलईडी हेडल्याम्पका साथै अटोमेटिक हेडल्याम्प अन विशेषता रहेको छ, जसले यूनिक र प्याटेन्टेड प्रविधिको सहकार्यले स्तरीय कार्य दक्षता दिन्छ । 
 

Tata
GBIME
Nepal Life