रोकिएन बिदेशीले एटिएमबाट पैसा चोर्ने क्रम, पोखरामा दुई बुल्गेरियाका नागरिक पक्राउ

रासस
२०७३ चैत्र ६ गते ०८:३२ | Mar 19, 2017
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको अभियोगमा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । 


 
पोखराको लेकसाइडस्थित हिमालयन बैंक र नविल बैंकको एटिएम मेसिनबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरेको हो।
 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार उनीहरुबाट तीन थान ल्यापटप र मोबाइल बरामद गरि अनुसन्धान सुरु भएको छ। यस अघि काठमाडौँका बिभिन्न एटिएम मेसिनबाट बिदेशीले पैसा चोरी गरेको प्रहरी अनुसन्धानले देखाएको थियो।
 

Tata
GBIME
Nepal Life