कैलशा विकास बैंकको वुटवलमा वित्तीय साक्षरता कार्यक्रम, १२ कक्षाका विद्यार्थी सहभागी

बिजमाण्डू
२०७३ चैत्र ४ गते ०९:३४ | Mar 17, 2017

काठमाडौं। कैलाश विकास बैंकले वुटवल कालिकानगरस्थित एम्स उच्च माध्यमिक विद्यालयमा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरेको छ।
 
व्यवस्थापन संकायका कक्षा १२ का विद्यार्थीका लागि आयोजना गरिएको कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि पाण्डेले गरेका थिए। उनले साक्षरता कार्यक्रमले विद्यार्थीलाई शैक्षिक रुपमा लिइएको ज्ञानलाई व्यवहारिक रुपमा उतार्न सहयोग पुग्ने बताए।
 

Tata
GBIME
Nepal Life

एम्सका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद न्यौपानेले साक्षरताका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका बैंकिङ सुचेतनामा अझ वृहत्त रुपमा लाग्नु पर्ने बताए।
 
बैंकको पाल्पा शाखाका प्रबन्धक कृष्णप्रसाद अर्यालको सहजीकरणमा भएको कार्यक्रमको अध्यक्षता वुटवल शाखा प्रबन्धक ज्ञानेन्द्र गिरिले गरेका थिए।