इसुजुले ल्यायो दुर्इ किसिमका पिकअप, डि म्याक्स भि-क्रस र एस-क्याब ब्यापारका लागि लाभदायक हुने

बिजमाण्डू
२०७३ चैत्र ३ गते १७:०५ | Mar 16, 2017
काठमाडौं। जापानी अटोमेकर इसुजुले नेपाली बजारमा दुर्इ किसिमका पिकअप लन्च गरेको छ। नेपालमा इसुजुको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले इसुजुका डि म्याक्स भि-क्रस र एस-क्याब भित्र्याएको हो।
 
इसुजुका यि डिजेल इन्जिन पिकअप बिहीबार काठमाडौंमा लन्च गरियो।  पिकअप लन्चपछि इसुजु मोटर्स इन्टरनेशनलका कार्यकारी उपाध्यक्ष टोरू किशोमोटोले नेपालमा पिकअपको राम्रो संभावना र बजार  देखिएको बताए। उनले इसुजुका पिकअपले नेपाली ग्राहकको मन जित्ने विश्वास समेत ब्यक्त गरे। 
 
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुह्रिद घिमिरेले इसुजु डि-म्याक्स पिकअप रेन्जले बजारमा युटिलिटि भेहिकलका रुपमा लोकप्रिय हुने बताए। 
 
इसुजु डि म्याक्स भि-क्रस सेकेन्ड जेनेरेसनको पिक अप हो। यसमा १३४ एचपि हाइ प्रेसर डिजल इन्जिन र ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ। भि-क्रस अफ रोडकालागि पनि निकै उपयोगी रहेको बताइएको छ। यसको हायर ग्राउण्ड क्लियरेन्स रहनुका साथै फोर डब्लु डि ड्राइभ मोड रहेको कम्पनीले जनाएको छ। 
 
यस्तै डि म्याक्स एस-क्याब नयाँ जेनेरेसनको डिजेल इन्जिन पिकअप हो।  पाँच सिटे यो पिकअप बिजनेसम्यान र प्रोफेसनलहरुको लागि उपयुक्त हुने बताइएको छ। सुरक्षित, आरामदायी र सजिलो पिकअपका रुपमा यसलार्इ बजारमा ल्याइएको इसुजुले जनाएको छ ।
 
जापानमा केन्द्रीय कार्यालय रहेको इसुजु विश्वब्यापी गाडी उत्पादक कम्पनी हो। एकसयभन्दा बढी देशहरुमा इसुजुले आफ्नो गाडीहरु बेच्दै आइरहेको छ। 
 
 
 

Tata
GBIME
Nepal Life