नुनको मूल्य किलोमा दुई रुपैयाँले बढ्यो, अब उपभोक्ताले प्रतिकिलो २० रुपैयाँ तिर्नु पर्ने

बिजमाण्डू
२०७३ चैत्र ३ गते १६:५७ | Mar 16, 2017
नुनको मूल्य किलोमा दुई रुपैयाँले बढ्यो, अब उपभोक्ताले प्रतिकिलो २० रुपैयाँ तिर्नु पर्ने


काठमाडौं। सरकारले सात वर्ष पछि नुनको मूल्य बढाएको छ। १८ रुपैयाँ किलोमा पाइने नुनको मूल्य २० रुपैयाँ पुर्याइएको हो।
 
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य प्रतिकिलो पाँच रुपैयाँ बढाउन प्रस्ताव गरे पनि सरकारले दुई रुपैयाँ बृद्धि मात्र सदर गरेको छ। उपभोक्तालाई धेरै भार नपर्ने गरि सरकारले मूल्य बृद्धि सदर गरेको कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए।
 
पुरानो मूल्य कायम हुँदा नुनमा कर्पोरेसन प्रतिकिलो पाँच रुपैयाँ नोक्सान रहेको भण्डारीको भनाइ छ। अझै पनि तीन रुपैयाँ घाटा हुने उनले बताए।
 
सरकारले गत साता नै मूल्य बढाएको भए पनि उपभोक्ताबाट पनि खासै गुनासो नआएको उनले दावी गरे। प्रतिकिलोदुई रुपैयाँ मूल्य बढ्दा घर परिवारको नुनमा हुने मासिक खर्च १० देखि २० रुपैयाँले मात्र बृद्धि हुने भएको कारण कार्यान्वयमा समस्या नआएको उनको भनाइ छ। 
 

Tata
GBIME
Nepal Life