भारतमा आइफोन बेच्न एप्पलको नयाँ रणनीति, ‘हाइरेन्टल लोकेसन’मा एकैसाथ १०० स्टोर खोल्यो

बिजमाण्डू
२०७३ चैत्र ३ गते १५:५० | Mar 16, 2017
भारतमा आइफोन बेच्न एप्पलको नयाँ रणनीति, ‘हाइरेन्टल लोकेसन’मा एकैसाथ १०० स्टोर खोल्यो


कोलकाता । भारतीय बजारमा सामसुङ र चाइनिज फोनहरुले कब्जा जमाउँदै जाँदा अमेरिकी कम्पनी एप्पल एग्रेसिभ मार्केटिङ सुरु गरेको छ।
 
एप्पलले भारतमा एकैसाथ सयभन्दा बढी साना स्टोर खोलेको हो। एप्पलले फ्रेन्चाइजी  रुटबाट ५ सय वर्गफुट एरियाका सयवटा एक्सक्लुसिभ स्टोर खोलेको दि इकोनोमिक टाइम्सले जनाएको छ। 
 
एप्पलले यो ‘रिटेल एक्सपान्सन’ मार्फत सामसुङ र चिनियाँ कम्पनीलाई कडा टक्कर दिन लागेको विश्लेषण हुन थालेको छ । समाचार अनुसार एप्पलले अगामी वर्षसम्ममा स्टोर संख्या बढाएर ६ सय पुर्याउने छ। कम्पनीले भारतमा ‘आइकोनिक एप्पल स्टोर’ खोलेर रिटेल सेक्टरमा हावी हुने तयारी गरेको हो।
 
यी स-साना स्टोरलार्इ एप्पल ‘अथोराइज्ड रिसेल्स’ भनिएको छ। र, यीनीहरु मार्फत कम्पनीले ठूला शहरका हाइ-रेन्टल र हाइ-स्ट्रिट लोकेसनमा आफ्नो उपस्थिती देखाएको छ। एप्पलले मुम्बइ, बेंगलोर, पुना र चन्डिगढ जस्ता स्थानमा स्टोर खोलेको हो। यस्तै ‘नेशनल क्यापिटल रिजन’ मानिएका बसन्त विहार, मालवीय नगर, साउथ एक्सटेन्सन र गुडगाँवमा पनि स्टोर खोलेको छ।
 
कम्पनीले यि रिटेल स्टोरहरुबाट आइफोन, आइप्याड र ओरिजिनल एक्सेसोरिजमात्र होइन म्याक कम्प्युटर समेत बेच्ने बताएको छ।  
 
आकर्षक सजावटका साथै एप्पलको आइकोनिक लोगो रहने यस्ता स्टोरले भारतमा एप्पलको ब्राण्ड प्रवर्द्धनमा महत्वपूर्ण मानिएको छ। यस्ता स्टोरहरुले भारतमा एप्ललको खुद्रा विक्री बढाउने अनुमान गरिएको छ। 
 
यसअघि भारतमा नोटबन्दीका कारण तुलनात्मक रुपमा महंगो एप्पल मोबाइलको बिक्रीमा निकै नै कमी आएको थियो। लक्ष्य अनुसारको बिक्री हुन नसकेपछि एप्पलले ‘सेल्स स्ट्र्याटेजी’ नै बदलेको थियो। बिक्री  घटेपछि एप्पलले भारतमा मोबाइल उत्पादनका लागि खोल्न लागेको महत्वाकांक्षी प्रोजेक्ट अघि बढ्ने/नबढ्ने पनि टुंगो लाग्न सकेको छैन। 
 

Tata
GBIME
Nepal Life