महिन्द्राका गाडी अब अनलाइन किन्न मिल्ने, काठमाडौं र विदेशबाट अनलाइन बुकिङ थालियो

बिजमाण्डू
२०७३ चैत्र २ गते १४:१४ | Mar 15, 2017

काठमाडौं। महिन्द्रा गाडी तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्रा गाडीहरुको अनलाइन बुकिङ सुरु गरेको छ ।

 www.onlineagni.com वेवसाइटमा महिन्द्रा गाडीका बारेमा सबै जानकारी राखिएको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ। कम्पनीका अनुसार वेवसाइटमा गाडीका मोडलहरु र मूल्यबारे जानकारी दिइएको छ ।

Tata
GBIME
Nepal Life

ग्राहकलार्इ अनलाइन नै किन्ने सुविधा पनि कम्पनीले दिएको छ । कुनै मोडेल मन परेमा इसेवाबाट खरिद गरी भौचर लिन मिल्ने समेत बिज्ञप्तीमा उल्लेख छ।

यस अन्तर्गत महिन्द्राका एक्सयुभी ५००, टियूभी ३००, केयूभी १००, स्कोर्पियो, थारका साथै  महिन्द्रा गस्टो स्कुटरको  अनलाइन बुकिङ सुरु गरिएको हो। कम्पनीका अनुसार यो सुविधा हालको लागि काठमाडौं उपत्यका र विदेशमा मात्र दिइने छ ।

सुरुवाती चरणमा काठमाडौं उपत्यकामा अनलाइन बुकिङ थालिएको र यसले ग्राहकसँगको निकटता बढाउँदै लैजाने प्रेस विज्ञप्तीमा जनाइएको छ।