बजाजको बाइक खरीदमा ७४०० छुट, स्वदेश भ्रमणका लागि दैनिक एक जनाले लक्की ड्रमार्फत ७४ हजार पाउने

बिजमाण्डू
२०७३ चैत्र १ गते २१:२७ | Mar 14, 2017
बजाजको बाइक खरीदमा ७४०० छुट, स्वदेश भ्रमणका लागि दैनिक एक जनाले लक्की ड्रमार्फत ७४ हजार पाउने
काठमाडौं।हंशराज हुलासचन्द एण्ड कोले घुमौं बजाजसँग तरार्इ,पहाड र हिमाल नारासहित नयाँवर्ष योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

नेपालको भौगोलिक विविधता तथा संस्कृति र परम्परालार्इ एकआपसमा जोड्ने लक्ष्यसहित कम्पनीले यो योजना ल्याएको हो।यो योजना अनुसार कुनैपनि बजाजको बाइक खरीदमा ७ हजार चार सय रुपैयाँ नगद छुट पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बजाजको बाइक खरीदकर्ता स्वत लक्की ड्रमा समावेश हुनेछन् र एक व्यक्तिले मनपर्ने नेपालका विभिन्न स्थानमा भ्रमणका लागि ७४ हजार भ्रमण खर्च जित्नसक्नेछन्।

कम्पनीका अनुसार दैनिक लक्की ड्र एभिन्युज टेलिभिजनमार्फत बेलुकी ८ बजेको समाचारपछि प्रशारण गरिनेछ।कम्पनीका  कार्यकारी निर्देशक, शेखर गोल्छाले भने, यो अभियानले मानिसहरुलाई नेपालको सुन्दर र मनोरम विविध भूगोलसँग एकआपसमा जोड्नका लागि प्रबद्र्धन गर्नेछ ।