यस्तो अपार्टमेन्ट जसले तपार्इलार्इ मोहित पार्छ, ती अपार्टमेन्टमा बस्दा आनन्द मिल्छ

बिजमाण्डू
२०७३ फागुन २४ गते १०:३६ | Mar 7, 2017
यस्तो अपार्टमेन्ट जसले तपार्इलार्इ मोहित पार्छ,  ती अपार्टमेन्टमा बस्दा आनन्द मिल्छ
शहरहरु कंक्रिटको जंगलजस्ता हुँदैछन् । एकनासका शैली पछ्याएर बनाइएका आधुनिक घरहरु आत्माविहीन झैं लाग्छन् ।

Tata
GBIME
Nepal Life

घर जीवन्त हुनुपर्छ भन्ने मान्यता बोकेका केही आर्किटेक्टहरुले यस्ता डिजाइन पनि कोरेका छन् जसले घरलार्इ आकर्षक मात्र होइन चर्चा गर्न लायक  बनाइदिएका छन् । सिर्जनात्मक र कलात्मक घरहरुले भिडभाडयुक्त शहरको दृश्य नै बदलिदिएको छ । हेरौं विश्वका केही अनौठा घरहरु जसले हेर्नेहरुलार्इ मोहित पार्दछ । 

 
आर्किटेक्चर र डिजाइनर क्रिटिकका रुपमा चर्चित माइकल वेबले हालै नयाँ किताब सार्बजनिक गरेका छन् जसमा आधुनिक निर्माणले जोखिम र लगानी मात्र बढाएको तर भवनहरुमा आत्मा भर्न नसकेको धारणा राखेका छन् ।

उनी आफु लस एन्जलसको शान्त अपार्टमेन्टमा बस्छन् जुन चारैतिरबाट जंगलले घेरिएको छ । झ्यालबाट समुन्द्रको लहरहरुले फ्याकेको चिसो अनुभूति गर्न सकिन्छ अनि कोलाहालबाट पर प्राइभेसी मेन्टेन गरिएको अपार्टमेन्टमा बस्छन् । सुन्दर ढंगले डिजाइन गरिएको प्राकृतिक उज्यालो पस्ने र रुखै रुखले घेरिएको उनको अपार्टमेन्ट उनी धेरै सन्तुष्ट छन् । तर के सबैले यति नै सुन्दर मनमोहक अपार्टमेन्ट पाउलान् त !
 

उनले किताबमा जग्गाको सदुपयोग गरी कसरी आकर्षक घर बनाउने सुझाव समेत दिएका छन्।उनका अनुसार धेरैजसो आधुनिक अपार्टमेन्टहरु जोखिमयुक्त नाफामुखी ब्यापारीहरुले बनाएको उनको आरोप छ । उनी भन्छन् न हावा दोहोरो चल्छ न उज्यालो चौतर्फी छ । कौशीहरु पनि उब्रिएको स्थानलार्इ प्रयोग गरेजस्तो मात्र छ । 
 
अत्याधुनिक भनिएका अपार्टमेन्टहरुमा पनि संभावनालार्इ उपयोग नगरी मोनोटोनस ढंगले बनाइएको छ ।वेबले किताबमा विश्वमा भएका ३० वटा घरहरुको उदाहरण दिएका छन् । लग्जरी फ्ल्याटदेखि साधारण हाउजिङसम्मको अध्ययन गरेका छन् । उनले लो-राइज देखि हाइ-राइज बिल्डिङसम्कमकव अधययन गरेका छन् ।

उनले घरको डिजाइन गरेका धेरै आर्किटेक्टसँग कुरा पनि गरेका छन् । यस्तै भवनमा बस्नेहरुसँग पनि कुराकानी गरि त्यसै आधारमा धारणा पनि प्रस्तुत गरेका छन् । सानो ठाँउमा पनि धेरै मानिस अटाउने किसिमका घरहरु बनाउने कुरामा सबैको रेस्पोन्स राम्रो देखिएको उनी बताउँछन् । 

उनले किताबमा प्रस्तुत गरेको केही उत्कृष्ट डिजाइनहरु यस्ता छन् । 
 
सिटी लाइफ 
 

यो भवन सन् २००४ देखि २०१४ को अवधिमा बनाइएको हो । मिलानमा रहेको यो भवन अत्यन्तै आकर्षक छ । यो अपार्टमेन्टमा सेतो इनामेलको प्रयोग गरिएको छ । यस अपार्टमेन्टमा समुन्द्रमा छाल उठे जस्तो कर्भ बनाइएको छ ।

अपार्टमेन्ट हेर्दा कुनै ठूलो पानीजहाज जस्तो देखिन्छ । सन् १९३० को दशकमा लण्डनमा बनाइएको इस्कोन भवनबाट अपार्टमेन्टको कर्भ डिजाइन लिइएको हो । 

 
द इन्टरलेस सिंगापूर 
ओमा ओले सेरेन ले सन् २००७ देखि २०१३ मा बनाएको इन्टरलेस बिल्डिङ निकै आकर्षक छ ।

यो डिजाइन आले सेरेन यशियाका हाइराइज बिल्डिङबाट यति बोर भैसकेका थिए कि उनले एक हजार ४० यूनिट अपार्टमेन्ट २० एकड जमीनमा अटाउने डिजाइन बनाएर उत्कृष्ट नमुना तयार गरे ।

प्रशस्त हरियाली र ओलम्पिक साइजको स्विमिङ पुल रहेको यो अपार्टमेन्ट वरपर प्रशस्त हरियाली छ । अपार्टमेन्ट यति सुन्दर छ कि यहाँ ९० प्रतिशत अकुपेन्सी छ । 
 

२५ भर्ड इटाली टुरिन 


मध्यमबर्गीय परिवारलार्इ लक्षित गरी बनाइएको यो अपार्टमेन्टमा ६३ वटा ब्लकहरु छन् ।

यस वरपर सुन्दरताका लागि १५० वटा रुखहरु लगाइएका छन् । यो रुखले उनीहरुलार्इ प्राकृतिक अनुभूति त दिन्छ नै यसबाट बाहिरी ध्वनि प्रदुषणबाट पनि जोगिन सकिन्छ । यस्तै यसले प्राइभेसी का लागि पनि उपयुक्त छ । 

 
सुगर हिल न्यूयोर्क 
कसैकसैले जेलसँग तुलना गरेपनि यो डेभिड एडजेइको महत्वाकांक्षी प्रोजेक्ट हो। उनले १३ तले यो बिल्डिङलार्इ सुगर क्युब डिजाइनमा बनाएका हुन्। 


यसमा १२४ वटा फ्ल्याट रहेको छ भने यो गैर नाफामुखी संस्थाको भवन हो । यो भवनमा बस्ने ७० प्रतिशत मानिसको तलब औसत भन्दा आधा रहेको छ भने २५ वटा फ्ल्याट होमलेसहरुका लागि छुट्याइएको छ । 
 
यस्तै भवनमा बच्चाहरुको लागि पढ्ने केन्द्र म्यूजियम तथा वर्कसपहरु चलाइन्छ जसबाट तयहाँका बासिन्दाले आफ्नै कला देखाउन सकुन् । यो भवनको खराब पक्ष भनेको यसमा कौसी छैन ।

यस्तै यसमा तीन बेडरुम फ्ल्याट एकदम कम संख्यामा रहेको छ । डिजाइन गर्ने क्रममा ध्यानमा राख्नुपर्ने आर्थिक सीमा र उपलब्ध गराइएको फल्याट संख्या मेन्टेन गर्नुपर्ने बाध्यता आर्किटेक्टलार्इ हुनसक्छ ।  

 
ब्राजिल साओपाओलो


अक्सर अपार्टमेन्टमा निजात्मक कुराहरु सार्वजनिक हुने ठूलो खतरा रहन्छ । तर यो अपार्टमेन्टमा प्राइभेसी धेरै नै मेन्टेन गरिएको छ ।

टावरको रुपमा रहेको यो अपार्टमेन्टमा भने सुन्दर ढंगले भ्यालहरुमा काठको पर्दा डिजाइन गरिए छ । यसले प्राकर्तिक सौन्दर्य त झल्किन्छ नै मानिसहरुको निजी जिन्दगी पनि धेरै नै प्राइभेट हुन सक्छ । काठको पर्दाले भित्रको दृश्य बाहिरबाट झट्ट देखिन दिदैँन। साथै यसले प्रकृतिसँगको निकटता पनि झल्काउँछ।