हुन्डार्इको गाडी किन्दा गाडीनै पाउने यी हुन लक्की व्यक्ति, हुन्डार्इको आर्इ -२० र क्रेटा पाए

बिजमाण्डू
२०७३ फागुन २० गते ०७:५८ | Mar 3, 2017
काठमाडौं।लक्ष्मी इन्टरकन्टिनेन्टलले दशै/तिहारको अवसरमा ल्याएको 'हुन्डार्इ फेसटिभ डिलाइट अफर'मा दुर्इ जनाले हुन्डार्इको गाडी पाएका छन्।

Tata
GBIME
Nepal Life

विहिवार भएको लक्की ड्रमा क्रियटिभ टच ग्रार्मेन्ट र्इन्डस्ट्रिजले हुन्डार्इको इलार्इट आर्इ -२० पाएको छ भने धरानका नेत्रबहादुर खड्काले क्रेटा पाएका छन्।हुन्डार्इ गाडीको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी किन्दा छुटसहित वम्पर उपहारमा हुन्डार्इको गाडी दिने योजना भदौ १३ गतेदेखि कात्तिक २२ गतेसम्म लागु गरेको थियो।

योजना अनुसार हुन्डार्इ गाडीको खरीदमा ग्राहकले ६ लाख रुपैयाँसम्म छुट र एक वर्षको निशुल्क बिमा समेत पाएका थिए।कम्पनीका अनुसार सय जनाले एकएक तोला सुन समेत पाएका थिए।लक्की ड्रमा कन्जुमर आर्इकी अध्यक्ष विमला खनाल र मिस नेपाल अस्मी श्रेष्ठ सहभागी थिए।