गोमा एयरले ल्यायो थप दुर्इ जहाज, रुसबाट ल्याएको जहाजले दुर्गममा उडान गर्ने

बिजमाण्डू
२०७३ फागुन १५ गते १८:०५ | Feb 26, 2017
गोमा एयरले ल्यायो थप दुर्इ जहाज, रुसबाट ल्याएको जहाजले दुर्गममा उडान गर्ने


काठमाडौं।गोमा एयरले थप दुर्इ नयाँ जहाज ल्याएको छ।कम्पनीले रुसी कम्पनीसँग खरीद गरेर एलर्इटी ४१० जहाज नेपाल ल्याएको हो।यो जहाजले दुर्गम विमानस्थलमा उडान भर्नेछन्।

Tata
GBIME
Nepal Life

यो दुबै जहाज नेपाली चालकदल र इन्जिनियरिङ दलले रुसबाट मंगोलिया,चीन,भियतनाम,बंगलादेशहुँदै नेपाल ल्याएका हुन्। गोमासँग यो जहाजसँगै ६ वटा जहाज हुनेछन्।

छोटो धावनमार्ग प्रयोग गर्ने यी ६ वटै जहाजले काठमाडौं,पोखरा र नेपालगञ्जबाट दुर्गम क्षेत्रमा सेवा दिइरहेको छ।२०६७ सालमा स्थापना भएको यो एयरलाइन्सले एकल इन्जिनको सेसना ग्राण्ड क्याराभानमार्फत सुदुरपश्चिम र कर्णाली भेगमा सेवा संचालन गरेको थियो।