पुल्चोकको भाटभटेनीमा लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियो, एकैपटकमा १५ जनाले सेवा पाउने

बिजमाण्डू
२०७३ फागुन १५ गते १४:४१ | Feb 26, 2017
पुल्चोकको भाटभटेनीमा लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियो, एकैपटकमा १५ जनाले सेवा पाउने

काठमाडौं।लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा तेस्रो शाखा विस्तार गरेको छ।कम्पनीले पुल्चोककोस्थित भाटभटेनीमा रहेको शाखाको चर्चित हास्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे धुर्मुस सुन्तलीले आइतबार उद्घाटन गरे।

Tata
GBIME
Nepal Life

सो अवसरमा कम्पनीले धुर्मुस सुन्तली फाउण्डेसनका लागि पचास हजार रुपैयाँ सहयोग गरेको छ।महाराजगञ्ज र कोटेश्वरको भाटभटेनीमा यसको आउटलेट संचालनमा छ।

कम्पनीका अध्यक्ष लक्ष्मी ठाकुरले फेमलीलार्इ लक्षित गरेर ललितपुरको शाखा संचालनमा ल्याएको बताए।यो शैलुनमा १५ जनालार्इ एकैपटक सेवा दिन सकिनेछ।उनले मध्यमवर्गदेखि उच्च वर्गलार्इ लक्षित गरेर स्टुडियो संचालनमा ल्याइएको बताए।