खराव कर्जाको जोखिममा चिनियाँ बैंक, २३४ खर्ब रुपैयाँ भन्दा धेरै ऋण उठेन, सरकार पनि कारक

बिजमाण्डू
२०७३ फागुन १५ गते १२:३१ | Feb 26, 2017
बेइजिङ  । चिनियाँ बैंकहरु खराव कर्जाको जोखिममा फस्न थालेका छन्। बैंकहरुको २२० अर्ब अमेरिकी डलर (२३४ खर्ब रुपैयाँ) भन्दा बढि लगानी खराव कर्जामा परिणत भएको हो।
 
यसले चिनियाँ अर्थ नीति तर्जुमामा नै चुनौती थपि दिएको छ। गत वर्षनै अन्तराष्ट्रिय मुद्रा कोषले चीनका बैंकहरुको बढ्दो खराब कर्जाको चुनौती सम्बोधन गर्न सरकारलाई सुझाव दिएको थियो। 

Tata
GBIME
Nepal Life


 

चीनको सरकारी समाचार एजेन्सी सिन्हुवालाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाए अनुसार चाइना बैंकिङ एसोसिएसन र पिडब्ल्यूसीको रिपोर्टको आधारमा चीनमा खराब कर्जाको मात्राले सबैलाई चिन्तित बनाएको हो। 
 
गत वर्षमात्रै चिनियाँ अधिकारीले १७ सय ९४ बैंकरहरुलाई जोखिम व्यवस्थापनको वियषमा सोधपुछ गरेको थियो। र, उनीहरुमध्ये ९० प्रतिशतले खराब कर्जाको दवाव नै सबैभन्दा ठूलो चुनौती रहेको बताएका थिए। 
 
बैंकरको भनाइलार्इ तथ्याङ्कहरुले पनि पुष्टि गर्छ। अघिल्लो वर्ष बाणिज्य बैंकहरुको खराब कर्जा १५०० अर्ब युआन थियो। सन् २०१६ को तेस्रो त्रैमासिकमा पुग्दा त्यो बढेर १८.३ अर्ब युआनले बृद्धि भएको छ। 
 
शहरी ढाँचागत परियोजनाहरुको लागि प्रवाह भएको ऋण छ सबैभन्दा धेरै खराव कर्जामा परिणत छ। यसपछि चिकित्सा क्षेत्रको कर्जा डुबेको छ। 
 
विश्लेषकको भनाइलार्इ आधार मान्ने हो भने प्रान्तिय सरकारका कारण धेरैजसो कर्जा फसेको छ। प्रान्तिय सरकारले आफ्नो प्रगति देखाउन शहरी ढाँचागत परियोजनामा बढीभन्दा बढी लगानी गरि रहेका छन्। यसको कर्जा भने तिर्न सकेका छैनन् । 
 
अन्तराष्ट्रिय मुद्राकोषका उच्च अधिकारीका अनुसार चीनका बैंकहरु खराब कर्जाबाट समयमै बाहिर निस्कन नसके कुनै पनि समयमा ठूलो जोखिम निम्तने चुनौती बढेको छ।