सिमरा–काठमाडौं रात्री उडानमा यात्रुको चाप, एकै दिन काम सकेर फर्किनेलार्इ सहज

बिजमाण्डू
२०७३ फागुन १४ गते २०:५१ | Feb 25, 2017
वीरगञ्ज। गत वर्ष देखि शुरु भएको सिमरा–काठमाडौं रात्री उडानमा यात्रुको चाप बढेको छ।दिनभर राजधानीमा काम सकेर ओहोरदोहर गर्न सकिने भएकोले यो रुटमा यात्रुको चाप बढेको हो।

Tata
GBIME
Nepal Life

गत मार्च १ देखि सिमरा–काठमाडौं रात्रि उडानको लागि भौतिक पुर्वाधार रनवे लाइट जडान गरी रात्री उडान सुरु भएको थियो ।रात्री उडान शुरु भएको करिब एक वर्षमा २३ सय उडान भएको सिमरा विमानस्थलका प्रबन्धक हीराजन काफ्लेले बताए ।

विमानले ३९ हजार ६ सय ३५ जना यात्रुहरुलाई काठमाडौंबाट सिमरा ल्याएको छ भने ३९ हजार १ सय २१ जना यात्रुहरुले सिमराबाट काठमाडौंका लागि हवाइयात्रा गरेका छन् । 


करिब ८० हजार यात्रुहरुबाट विमानस्थल प्रशासनले १ करोड विमान विकास तथा यात्रु सेवा शुल्क संकलन गरेको छ ।मुलुककै ४७ वटा विमानस्थलमध्ये राजधानी काठमाडौं जोड्ने सबैभन्दा कम दूरी र कम समयको हवाइमार्ग काठमाडौं–सिमरा हो।

यो मार्गमा जहाजले ११ देखि १३ मिनेटमा यात्रा पूरा गर्छ ।सडक यातायातमा समस्या हुँदा सिमरा विमानस्थलमा बढी चाप हुने एयर ट्राफिक कन्टोलर हिरोन शाहले बताए।