विराटनगरमा हेलिकोप्टरको फन्कामा रमाउनेको भीड, साढे सात हजारमा हेलिकोप्टरको मज्जा

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७३ फागुन १४ गते २०:४० | Feb 25, 2017
विराटनगरमा हेलिकोप्टरको फन्कामा रमाउनेको भीड, साढे सात हजारमा हेलिकोप्टरको मज्जा
विराटनगर ।उद्योग सङ्गठन मोरङको आयोजनामा भइरहेको विराट एक्स्पोकै अवसर पारेर इस्टर्न एसिया ट्राभल्सले ‘हेली सिटी टुर’ सेवा दिएको छ।
 

Tata
GBIME
Nepal Life

कम्पनीले एक्स्पो अवलोकन  गर्न आउनेलाई प्रति व्यक्ति साढे ७ हजार लिएर हेलिकोप्टरबाट विराटनगरमा घुमाउन थालेको छ।एक्स्पो स्थलनजिकै बनाइएको हेलिप्याडमा माउन्टेन एअरको हेलिकप्टर चढ्न पाइन्छ।इस्टर्न एसियाका सञ्चालक पुण्य भट्टराईका अनुसार शुक्रबारदेखि सुरु गरिएको ‘हेली सिटी टुर’ आइतबारसम्म चल्नेछ।


हेलिकोप्टरमा एक पटकमा ६ यात्रु राखेर १२ मिनेटसम्म विराटनगर शहरमाथि घुमाइन्छ । उनका अनुसार शुक्रबार ११ र शनिबार २४ वटा उडान गरिएका छन् ।आइतबार बिहान ८ बजे धार्मिक यात्रु लिएर ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा जाने कार्यक्रम छ । पाथिभराबाट फर्किएपछि दिनभरि ‘हेली सिटी टुर’ गरिने कम्पनीले जनायो।


एक घण्टाको २ लाख २५ हजारका दरले हेलिकप्टरको भाडा तिरेर विराटनगरका ६ यात्रु पाथिभरा दर्शनका लागि जान लागेका हुन् । यात्रुको चाप यथावत् रहेमा सोमबार र मङ्गलबार पनि हेलिकोप्टरको सेवा प्रदान गरिने सञ्चालक भट्टराईले बताए । एक्स्पोका प्रचार संयोजक नन्दकिशोर राठीले ‘माउन्टेन फ्लाइट’, ‘हेली सिटी टुर’ र ‘हेलिमा पाथिभरा’जस्ता कार्यक्रमले पूर्वको पर्यटनलाई प्रवद्र्धन गर्न सहयोग पुर्याएको बताए।