ब्राजिलमा बेरोजगारको संख्या १२.६ प्रतिशत पुग्यो, १ करोड २९ लाख नागरिक कामविहिन

रासस
२०७३ फागुन १४ गते १५:५४ | Feb 25, 2017
रियो दी जेनेरियो। ब्राजिलमा गत महिनाको अन्तिमसम्ममा बेरोजगारको सङ्ख्या १२.६ प्रतिशत पुगेको छ । सरकारी निकायले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार ब्राजिलका झन्डै एक करोड २९ लाख नागरिक कामविहिन रहेका छन् । 
 
गत नेभेम्बरदेखि जनवरीसम्मको तथ्याङ्क यस्तो आएको ब्राजिल भुगोल तथा तथ्याङ्क कार्यालयले जनाएको छ ।  गत वर्षको यही अवधिको तथ्याङ्कसँग तुलना गर्दा अहिले बेरोजगारको सङ्ख्या बढेको देखिएको छ । गत वर्ष यही अवधिमा बेरोजगारहरुको सङ्ख्या ९.५ प्रतिशत रहेको कार्यालयले जनाएको छ । 
 
तथ्याङ्कले यसअघिको चौमासिकमा पनि बेरोजगारको सङ्ख्या बढेको देखाएको छ । अघिल्लो चौमासिक अर्थात् अगस्तदेखि अक्टोबरसम्ममा बेरोजगारहरुको सङ्ख्या ११.८ प्रतिशत रहेको छ ।
 
गत नोभेम्बरदेखि जनवरीसम्ममा ब्राजिलका कामदारको औसत तलव ६६१ अमेरिकी डलर रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । 
 

Tata
GBIME
Nepal Life