रुकुमका जनतालार्इ धन्यवाद दिँदै उर्जामन्त्रीले भने- ‘तपार्इहरुले जिताएकाले मैले केही काम गरे’

बिजमाण्डू
२०७३ फागुन १३ गते १९:४० | Feb 24, 2017
रुकुम, । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मुलुकमा विद्युत क्रान्तिको शुरुवात भएको बताएका छन्।विहीबार रुकुममा शुरु भएको मध्यपश्चिमाञ्चल रुकुम महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले बिद्युत क्रान्तिको युग शुरु भएको बताएका हुन्।
 
“नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत नेपालमा विद्युत क्रान्तिको शुरुवात भएको छ, यो क्रान्तिले समृद्ध नेपालको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले भने, “औद्योगिकरण र  समृद्धिको पहिलो आधार भनेको विद्युत हो ।”
 
ऊर्जा मन्त्रालयबाट अहिले जेजति काम भएको छ त्यसको प्रेरणाको श्रोत आफुलाई चनाव जिताएर पठाउने रुकुमेली जनताको भागमा पर्ने बताउँदै उनले प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष निर्देशनमा काम गरिरहेको जानकारी दिए ।

Tata
GBIME
Nepal Life

“रुकुम जिल्लाका जनताले भ्रष्टाचार अन्त्यको लागि मलाई मन्त्री बनाएका हुन, देशलाई उज्यालो बनाउन पठाएका हुन, मेरो पुरुषार्थ र बहादुरीले काम गरेको होइन कि जनताको अपार माया र प्रेरणाले मलाई काम गर्ने ऊर्जा दिएको हो ।”उनले भने। 
 

इतिहासमा पहिलो पटक ऊर्जामन्त्रालय र विद्युत प्राधिकरणका कर्मचारीलाई ठाँउ ठाँउमा अभिनन्दन गरिरहेको भन्दै उनले त्यस्तो परिस्थतिको निर्माण गर्न सकिएकोमा सन्तोष व्यक्त गरे।
 
रुकुम जिल्लामा शुरु गरिएको रुकुम उज्यालो कार्यक्रमकै जगमा आफुले उज्यालो नेपाल अभियान शुरु गरेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले उज्यालो नेपाल अभियान राष्ट्रलाई समृद्ध बनाउने अभियान भएको तर्क गरे।
 
रुकुममा मात्र ३ हजार ६ सय गिगावाट विद्युत उत्पादन क्षमता रहेको भन्दै उनले सानीभेरी नदीमा उत्तरगंगा, भेरी वान र जगदुल्ला जलविद्युत आयोजना सरकारी स्तरबाटै अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरे।