सिटिजन्स बैंकको सवा अर्ब रुपैयाँ बढीको हकप्रद शेयर आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

बिजमाण्डू
२०७३ फागुन १३ गते १५:२९ | Feb 24, 2017
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनललाई हकप्रद शेयर निस्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ। बैंकले २५ प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो। 
बैंकले एक अर्ब ३८ करोड रुपैयाँ बराबरको एक करोड ३८ लाख कित्ता शेयर बिक्री गर्नेछ। 
बैंकले गत आर्थिक बर्षमा ५५ प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। बैंकको चुक्ता पूँजी हाल पाँच अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
 

Tata
GBIME
Nepal Life