सहयोगी विकासको ३५ र हाम्रो विकास बैंकको २०० प्रतिशत हकप्रद आउँदै, धितोपत्र बोर्डमा आवेदन

बिजमाण्डू
२०७३ फागुन १३ गते १२:५४ | Feb 24, 2017
काठमाडौँ । सहयोगी विकास बैंक र हाम्रो बिकाश बैंकले हकप्रद शेयर निस्कासनको लागि धितोपत्र बोर्डमा निबेदन दिएका छन्। सहयोगी बिकाश बैंकले साबिक सेयर धनीलाई १० शेयर बराबर  ३.५ अनुपातमा र हाम्रो बिकाश बैंकले साबिक एक कित्ता शेयर हुनेलाई दुई कित्ताको दरले हकप्रद दिन लागेको हो।
 
सहयोगी बिकाश बैंकले ११ करोड एक लाख १३ हजार पाँच सय रुपैयाँ बराबरको ११ लाख एक हजार १३५ कित्ता हकप्रद शेयर निस्कासन गर्ने भएको छ । बैंकको हाल ३१ करोड ४६ लाख चुक्ता पूँजी रहेको छ। बैंकले गत वर्षको नाफाबाट सेयर धनीलाई २३.१६ प्रतिशत बोनश शेयर दिएको थियो। बैंकले पुष मसान्त सम्म पाँच करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 
 
हाम्रो बिकाश बैंकले ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार ३३८ कित्ता शेयर निस्कासन गर्न लागेको हो। बैंकको चुक्ता पूँजी हाल १५ करोड २९ लाख रुपैयाँ रहेको छ। गत पुस मसान्तसम्म दुई करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ बैंकले गत बर्षको नाफाबाट २५ प्रतिशत बोनश शेयर दिएको थियो। हकप्रद बाँडफाड पश्चात बैंकको चुक्ता पूँजी करिब ५८ करोड रुपैयाँ पुग्ने छ ।
 
हकप्रद निस्कासनकालागि बिक्रि प्रबन्धकका रुपमा सहयोगी बिकाश बैंकले एनसीएम मर्चेन्ट बैंक र हाम्रो बिकाश बैंकले एनआइबिएल क्यापिटललाई नियुक्त गरेका छन्।                
 

Tata
GBIME
Nepal Life