हकप्रद शेयर निस्कासन गर्न एभरेष्ट बैंक पुग्यो बोर्ड, एक अर्ब ५० करोड रुपैयाँको शेयर निस्कासन

बिजमाण्डू
२०७३ फागुन १३ गते ११:४५ | Feb 24, 2017

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन एभरेष्ट बैंकले हकप्रद शेयर निस्कासनका लागि नेपाल धितोपत्र वोर्डमा आवेदन दिएको छ।
 
बैंकले तीन बराबर एक शेयर निस्कासन गर्न लागेको हो।  बैंकले एक अर्ब ५० करोड ८८ लाख रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता शेयर निस्कासन गर्न लागेको हो।
 
बैंकको हाल चुक्ता पूँजी चार अर्ब ६० करोड रुपैयाँ छ। पुस मसान्तसम्म बैंकले ९७ करोड रुपैयाँ  खुद मुनाफा गरेको छ। बैंकले ७० प्रतिशत वोनस सेयर दिउको थियो। हकप्रद निस्कासनका लागि बैंकले एनआइबिएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life