व्याजदर बढेपछि वीरगञ्जका व्यापारीले अर्थमन्त्री र गभर्नर गुहारे, ‘बढेको ब्याज फिर्ता होस्’

बिजमाण्डू
२०७३ फागुन १२ गते २१:२६ | Feb 23, 2017
वीरगञ्ज ।बैंक तथा वितिय संस्थाहरुले प्रवाह भईसकेको ऋणमा एकतर्फी रुपमा अनपेक्षित ब्याज दर बृद्धि गरेको भन्दै वीरगञ्जका व्यापारीहरुले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकका गभर्नरलाई पत्रचार गरी ध्यानकर्षण गराएका छन्।
 
अनेपेक्षित रुपमा वृद्धि गरिएको व्याजदरले वीरगन्जका उद्योग व्यवसायहरुमा नकारात्मक प्रभाव परेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिँदाका बखत उद्योग व्यवसायहरुले कबुल गरेको ब्याज दरभन्दा बढी ब्याज लिन नपाउने बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले आफुखुशी ऋण बढाएकोमा उनीहरुले आपत्ति जनाएका हुन्।
 
राजनीतिक अस्थिरताले थला परेको व्यवसायमा बैंक तथा वित्तीय संस्थाहरुले बढाएको व्याजदरले निजी क्षेत्र थप हत्तोसाहित भएको संघको ठहर छ। उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई राहत प्रदान गर्नु अवस्थामा एक महिनामैं ब्याज दरमा शत प्रतिशत बृद्धि गरिएको कारण समग्र निजी क्षेत्र निरास बनेको अध्यक्ष शर्माले बताए। 
 
राष्ट्र बैंकका कर्मचारी हड्तालमा
नेपाल राष्ट्र बैंकले सेवा अवधि थप गरेको बिरोधमा नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगंजका दुई दर्जन कर्मचारीहरुले डेढ घण्टा काम ठप्प पारेका छन् । बिहान १० देखि साढे ११ बजे सम्म करिब दुई दर्जन कर्मचारीहरुले काम ठप्प पारेका हुन् । 

नेपाल वित्तिय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संघ इकाईमा आबद्ध कर्मचारीको अगुवार्इमा हड्ताल भएको हो। कुल ३७ जना कर्मचारी हाल क्षेत्रीय कार्यलय वीरगंजमा कार्यरत छन् ।कर्मचारीको सेवा अवधि बढाउने तयारीको विरोधमा कर्मचारी हड्तालमा उत्रिएका हुन्।
 

Tata
GBIME
Nepal Life