बजाजको पल्सर एनएस-१६० बाइक नेपाली बजारमा, मूल्य २ लाख ५९ हजार रुपैयाँ

बिजमाण्डू
२०७३ फागुन १२ गते १७:०० | Feb 23, 2017
बजाजको पल्सर एनएस-१६० बाइक नेपाली बजारमा, मूल्य २ लाख ५९ हजार रुपैयाँ


काठमाडौं।बजाज मोटरसाइकलको नेपालको अधिकृत बिक्रेता एचएच बजाजले पल्सर एनएस- १६०को बिक्री सुरु गरेको छ।दुर्इ लाख ५९ हजार ९ सय रुपैयाँ मूल्य रहेको यो बाइकमा ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन छ ।

Tata
GBIME
Nepal Life

बाइकले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्ने कम्पनीको दाबी छ।

बाइकमा न्यूनतम हेड फेयरिंग,  ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एण्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटरहरु छन् ।

बाइकको पछाडिको भागमा, स्प्लीट एलईडी टेल ल्याम्प राखिएको छ ।  बाइक प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक कलरमा पाइने कम्पनीले जनायो।
 

कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने , ‘बजाजले बजारमा नेतृत्व लिनुको सबैभन्दा महत्वपूर्ण विषय भनेको यसको उच्चतहको उत्पादन डिजाइन तथा विशिष्ट ईन्जिन प्रविधीमा ध्यान केन्द्रित गर्नु हो  र यो पल्सर परिवारमा नयाँ हिस्सा हो, हामी फेरी यो क्षेत्रमा नयाँ कन्स्पेस्टका साथ अगाडि आएका छौं ।