शेयर बजारमा तीब्र बियरिस उतार चढाव, ३० करोडको कारोबार, झन्डै ७ अंकको गिरावट

बिजमाण्डू
२०७३ फागुन १२ गते १५:२७ | Feb 23, 2017
काठमाडौँ । शेयर बजारमा केही समय देखि देखाएको बियरिस ट्रेन्ड कायम रहँदा पनि उतार चढाव तिब्र हुन थालेको छ। 
 
साताको अन्तिम दिन एक पटक हरियो रंक छोएर बजार फैरि ओरालै लागेको हो।
 
खुले देखिनै ओर्लिन थालेको बजार ११:५० सम्ममा ९ अंकले घटेर १३३५ अंकमा पुगेको थियो। त्यसपछि विस्तारै उकालो लागेको बजारले साढे एक बजे हरियो रंक छोएको थियो। बिहान खुलेको भन्दा न्यून माथि पुग्ने बित्तिकै बजारको उल्टी जम्म सुरु भयो। र, ६.७१ अंकले घट्दै १३३७.४ अंकमा बजार बन्द भएको हो।
 
बजार धेरै उतार चढाव भए पनि लगानीकर्तामा कुनै उत्साह भने देखिएन। दिनभरमा ३० करोड रुपैयाँको कारोबार भएको छ। १३० कम्पनीका सात लाख ५८ हजार कित्ता शेयर खरिद बिक्री भए। 
 
बैंकले कर्जामा कडाइ गरेको बेला राष्ट्र बैंकले ओभरड्राफ्टको सीमा समेत एक करोडबाट ७५ लाखमा झारे पछि शेयर बजारले झनै निराशा देखाएको छ। कैयन् लगानीकर्ताले ओभरड्राफ्ट लिएर समेत बजारमा लगानी गरेका थिए। 
 
बिहिबार होटल र जलविद्युत बाहेक सबै उपसूचक घटेका छन्। सबै भन्दा धेरै बीमा ३५ अंकले घटेको छ। 
 
सबैभन्दा धेरै आरएसडिसी लघुवित्त वित्तिय संस्था र फष्ट माइक्रोफाइनान्स डेभलपमेन्टका लगानीकर्ताले सात प्रतिशत बढि कमाएका छन्। 
 
सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर मूल्य पाँच प्रतिशत बढिले घटेको छ।

Tata
GBIME
Nepal Life