आर्इएमर्इ डिजिटल र सक्षमबीच मोबाइल सेवाका लागि सम्झौंता, रेमिटेन्स सेवा लिने ६ लाख आवद्ध गर्ने

बिजमाण्डू
२०७३ फागुन ११ गते १९:१४ | Feb 22, 2017
आर्इएमर्इ डिजिटल र सक्षमबीच मोबाइल सेवाका लागि सम्झौंता, रेमिटेन्स सेवा लिने ६ लाख आवद्ध गर्ने
काठमाडौं।आर्इएमर्इ डिजिटल सोलुसन र सक्षमबीच मोबाइलमा आधारित वित्तिय सेवाका लागि सम्झौंता भएको छ।

Tata
GBIME
Nepal Life

बुधवार आयोजित राजधानीमा आयोजित कार्यक्रममा भएको सम्झौंतासँगै आर्इएमर्इ रेमिटेन्सबाट सेवा लिइरहेका ६ लाख भन्दा बढी उपभोक्ताले मोबाइलमा आधारित वालेट सेवामा आवद्ध हुने लक्ष्य लिएको छ।वित्तिय सेवाबाट बञ्चित क्षेत्रमा बैंक,मोबाइल सेवा प्रदायक र मर्चेन्टहरुसँग साझेदारी गरेर सेवा दिनेछ।

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले मोबाइलमा आधारित भुक्तानी प्रणालीले पचास अर्बसम्म राजस्व बढाउने अपेक्षा लिएको बताए।उनले भूक्तानी प्रणाली प्रणाली राज्यको संयन्त्र भित्र आउने बताउँदै आर्थिक पारदर्शितामा सहयोग पुग्ने बताए।उनले मोबाइल बैंकिङ लगायतका डिजिटल प्रणालीको विकासका लागि राष्ट्र बैंकले सहयोग गर्ने बताए।

आर्इएमर्इ समूहका कार्यकारी अध्यक्ष चन्द्र ढकालले १७ वर्षअघि रेमिटेन्स सेवा गर्दा लिएको लक्ष्य महत्वाकांक्षी भएको बताउँदै अहिले मोबाइलमार्फत वित्तिय पहुँच पुर्याउने योजना पनि महत्वाकांक्षी भएपनि सफल हुने दाबी गरे।
 

'मैले यही र्याडिसन होटलमा  १७ वर्षअघि रेमिटेन्स सेवा सुरुवात गरेको सम्झना भयो।त्यो बेलामा दुर्इ अर्ब रेमिटेन्स ल्याउने योजनालार्इ धेरैले महत्वाकांक्षी भनेका थिए,उनले भने,हामीले धेरै परिश्रम गरेर वैधानिक माध्यमबाट रेमिटेन्स ल्याउन सफल भयौ।अहिले पनि त्यही होटलमा अर्को महत्वाकांक्षी योजना घोषणा गर्दैछौ।हामी सफल हुनेमा विश्वस्त छौं।' आर्इएमर्इ समूहका कार्यकारी निर्देशक हेमराज ढकालले आर्इएमर्इ डिजिटलमार्फत वित्तिय सेवालार्इ ग्रामिण तहमा पुर्याउन चाहेको बताए।
 
 
आर्इएमर्इका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले मोबाइल वालेटमार्फत वित्तिय सेवा गाउँसम्म पुर्याउन सफल हुने बताए।उनले राष्ट्र बैंकबाट लेटर अफ इन्टेन्ट पाउने पहिलो कम्पनी भएको बताउँदै सक्षमसँग सहकार्य गरेर क्यासलेश कारोबारमा केन्द्रित हुने बताए।