मर्कन्टायलको प्रमुख कार्यकारीमा बिजय पन्त, २४ बर्षको बैंकिङ अनुभव पछि आइटी क्षेत्रमा

बिजमाण्डू
२०७३ फागुन ११ गते १९:१२ | Feb 22, 2017
मर्कन्टायलको प्रमुख कार्यकारीमा बिजय पन्त, २४ बर्षको बैंकिङ अनुभव पछि आइटी क्षेत्रमा


काठमाडौँ । पूर्व बैंकर बिजय पन्त सूचना प्रविधी क्षेत्रमा कार्यरत मर्कन्टायलको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीमा उनले मर्कन्टायल कम्युनिकेसन प्राली र मर्कन्टायल अफिस सिष्टम प्रालीको नेतृत्व गर्नेछन्।
 

यी दुई कम्पनी क्रमशः सन् १९९४ र १९८५ मा स्थापना भएका हुन्। यी कम्पनी कम्युटर, सफ्टवेयर र इन्टरनेट क्षेत्रमा कार्यरत छन्। आजसम्ममा यी कम्पनीले आ-आफ्नो क्षेत्रमा पृथक पहिचान र शाख आर्जन सकेका छन्। 
 
२४ बर्षको बैंकिङ अनुभव रहेका पन्त जनताका बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन्।