शेयर बजारमा तीब्र उतार चढाव, कारोबार र बजार दुबै ओरालो लागे, सबै परिसूचक राता

बिजमाण्डू
२०७३ फागुन ११ गते १५:४३ | Feb 22, 2017
काठमाडौँ । लगातार तिनदिन देखि घटिरहेको बजारमा बुधबार परिसूचक कारोबार रकम पनि तिब्र ओरालो लागेको छ। पछिल्ला दुई दिन परिसूचक घटेपनि कारोबार रकम ५० करोड माथि रहँदा लगानीकर्ताको मनोबल नखस्किएको विश्लेषण हुँदै आएको थियो। आज भने कारोबार रकम समेत ३४ करोड रुपैयाँमा सिमित भएको छ। 
 
नेप्से परिसूचक १३.४६ अंकको गिरावट संगै १३४४.११ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२० अंकको गिरावटसँगै २९२.४३ अंकमा झरेको छ।
 
बजार खुले देखिनै तिब्र उतार चढाव देखिएको थियो। खुल्ने वित्तिकै १ अंकले बढेको बजार बीचमा २० अंकले झरेको भएपनि अन्त्यमा केही सम्हालिएको थियो।
 
आज आज एक सय ३७ कम्पनीका ७ लाख ६४ हजार कित्ता सेयर खरीद बिक्रि भए। सबैभन्दा धेरै नेपाल टेलिकमको दुई करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
 
बुधबार बैंक १४.१९, होटल ४१.७, बिकाश बैंक ०.३५, जलबिद्युत ४.१५, फाईनान्स ३.५७ र अन्य ६.९४ अंकले घटेका छन् भने उत्पादन मुलक समुह स्थिर रह्यो।
 
आज सबैभन्दा बढी कमाउने कम्पनीमा कर्णाली बिकाश बैंकका लगानीकर्ता रहे। बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। २२५ प्रतिशत प्रतिशत हकप्रद शेयर घोषणा गरेपछिक कम्पनीको मूल्य तिब्र गतिमा बढेको हो।
 
आज सबै भन्दा बढी गुमाउनेमा माउन्ट मकालु बिकाश बैंकका लगानीकर्ता रहे। बैंकको शेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ।

Tata
GBIME
Nepal Life