कर्णाली विकास बैंकको २२५ प्रतिशत हकप्रद शेयर आउने, २५ फागुनमा विशेष साधारणसभा बोलायो

बिजमाण्डू
२०७३ फागुन ११ गते १४:१२ | Feb 22, 2017
काठमाडौँ । कर्णाली विकास बैंकले २२५ प्रतिशत हकप्रद निस्कासन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले उक्त अनुपातको शेयर आफ्ना साविक लगानीकर्तालाई बिक्री गर्न लागेको हो।
 

यसका लागि निर्णय गर्न कम्पनी २५ फागुनमा विशेष साधारणसभा बोलाएको छ। 
 
बैंकले पुष मसान्त सम्म ३६ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो। गत आर्थिक बर्षको नाफाबाट शेयरधनीला १५ प्रतिशत लाभांश दिएको थियो। त्यसमा १० प्रतिशत बोनश सेयर र ५ प्रतिसत नगद लाभांश थियो।
 
बैंकको चुक्ता पूँजी हाल १५ करोड १० लाख रुपैयाँ रहेको छ। २२५ प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको पूँजी करिब ५० करोड रुपैयाँ पुग्ने छ। राष्ट्र बैंकको प्रावधान अनुसार तिन जिल्ले विकास बैंकलाइ ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्छ।