भरतपुरमा सौर्यबत्तीले सडक उज्यालो पार्न जुटे स्थानीय, टोलैपिच्छे सौर्यबत्ती जडान अभियान सुरु

रासस
२०७३ फागुन ११ गते १३:०६ | Feb 22, 2017

रत्ननगर (चितवन)। भरतपुरका उपभोक्ता सहर उज्यालो पार्ने अभियानमा जुटेका छन् ।

Tata
GBIME
Nepal Life

स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित कार्यक्रम अन्तर्गत सहर उज्यालो पार्ने अभियानमा स्थानीय उपभोक्ता सक्रिय भएका हुन् ।

यो वर्ष साढे ४ सय सौर्य सडक बत्तीको माग भएकामा मन्त्रालयबाट ४९ लाख रुपैयाँमात्र बजेट स्विकृत भएकाले प्राथमिकताको आधारमा विभिन्न टोलले काम समेत सुरु गरेको भरतपुर उपमहानगरपालिकाका इन्जिनियर विराट घिमिरेले बताए ।

सो बत्तीका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो वर्ष स्याउलीबजारका लागि मात्रै १८ लाख ५५ हजार रुपैयाँ अनुदान दिएको र भरतपुर उपमहानगरले दुई लाख ७९ हजार रुपैयाँ व्यहोरेको छ भने  सात लाख २० हजार रुपैयाँ स्थानीय बासिन्दाले व्यहोरोका छन् ।

ससांसद कृष्णभक्त पोखरेलको सांसद विकास कोषबाट समेत दुई लाख रुपैयाँ प्राप्त भएको स्याउलीबजार टोल विकास संस्थाकी अध्यक्ष तुलसा ज्ञवालीले बताइन् ।

उनका अनुसार सडकको अध्याँरो क्षेत्रमा यो वर्ष २७ वटा सौर्य सडकबत्ती निर्माण लागि २८ लाख ५५ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ ।
गएको बर्ष स्याउलीबजार र हाकिमचोकको राजमार्ग क्षेत्रमा ४७ वटा सौर्य सडक बत्ती बालिएको थियो ।

अझै एकसय जती बत्ती भयो भने स्याउलीबजार आसपासका क्षेत्रमा राती बिजुली बत्तीको आवश्यकता नपर्ने उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले भनिन् “आगामी बर्ष पनि यो अभियान जारी हुन्छ । यसरी सोलार बत्ती राख्दा हिंड्नलाई पनि सजिलो र दुर्घटनाको जोखिम कम हुन्छ ।”