देशभर सुरु भयो रेनोल्टको ‘टेष्ट ड्राइभ’, क्विड चलाउँदै आर्कषक पुरस्कार पनि पाउने

बिजमाण्डू
२०७३ फागुन ११ गते १०:५४ | Feb 22, 2017
देशभर सुरु भयो रेनोल्टको ‘टेष्ट ड्राइभ’, क्विड चलाउँदै आर्कषक पुरस्कार पनि पाउने
काठमाडौं।एड्भान्स अटोमोबाइलले देशका विभिन्न शहरमा रेनोल्ट टेस्ट ड्राइभ सुरु गरेको छ। एडभान्स रेनोल्टको नेपालको आधिकारिक बिक्रेता हो।

Tata
GBIME
Nepal Life


कम्पनीका अनुसार कावासोती, चितवन, जीतपुर र कसौलीमा यूनाइटेड अटो कन्र्सनमा रेनो कार टेष्ट ड्राइभ गर्न पाइनेछ। रेनोल्टको क्विड चलाउन पाउने कम्पनीले जनाएको छ। टेष्ट ड्राइभ फागुन १९ गतेसम्म हुने र विहान १० बजेदेखि ६ बजेसम्म चल्ने कम्पनीले जनायो।
 
रेनोल्ट क्विडको २५.१७ किलोमीटर प्रति घण्टाको इन्धन खपतको क्षमता, १८० मिलिमीटरको ग्राउण्ड क्लियरेन्स, ७ इन्चको एलसिडी टचइन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिंग, १६ इन्चको गन मेटलह्विल्स, क्रुजकन्ट्रोल लगायतका विशेषता छन्।प्रत्येक टेस्ट ड्राइभ ग्राहकहरुले आकर्षक पुरस्कारहरु पाउने कम्पनीले जनायो।