छ्याङ्दी हाइड्रोपावर प्रभावित क्षेत्रका लागि शेयर बाँडफाँड, ४३ सयले पाए २ लाख ७० हजार कित्ता

बिजमाण्डू
२०७३ फागुन ९ गते १६:४५ | Feb 20, 2017

काठमाडौँ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रकालागि निष्कासन गरेको शेयर सोमबार बाँडफाँड भएको छ ।

Tata
GBIME
Nepal Life

छ्याङ्दीले प्रभावित क्षेत्रका लागि दुई लाख ७० हजार कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले तीन किसिमले शेयर बाँडफाँड गरेको जनाएको छ।

आयोजना प्रभावित क्षेत्रका आवेदनकर्तालाई एक लाख आठ हजार कित्ता र न्यून प्रभावित क्षेत्रकालागि ५४ हजार कित्ता समानुपातिक ढंगले वितरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले चार हजार ३ सय ६३ आवेदकलाइ वितरण गरेको ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ । शेयर बाँडफाँड नतिजा www.globalimecapital.com.np  मार्फत हेर्न सकिने जनाएको छ ।

कम्पनीले शेयर नपरेका शेयरधनीलाई यहि फाल्गुन १५ गतेदेखि रकम फिर्ता गरिने जनाएको छ ।

बैंक खाता यकिन भएकाहरुलाई खाता मार्फत नै पैसा फिर्ता दिने व्यबस्था मिलाएको कम्पनीले जनाएको छ। कम्पनीले पुष २० देखि माघ २० सम्म शेयर निष्कासन गरेको थियो।