नेप्सेमा उतारचढाव कायमै, बजार ४.२४ अंकले घट्यो, कारोबारमा सुधार, ८१ करोडको कारोबार

बिजमाण्डू
२०७३ फागुन ९ गते १५:३५ | Feb 20, 2017

काठमाडौँ।लगातार तीन घण्टा हरियो भएको शेयर बजार चौथो घण्टामा भने रातो भएर बन्द भएको छ । कारोबारको सुरुवात देखिनै उतारचढाव देखिएको बजारमा कारोबार रकम भने सुधारिएको छ ।

सोमबार शेयर बजार ४.२४ अंकले घटेर नेप्से परिसूचक १३६५.११ अंकमा अोर्लिएको छ । 'क' बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८८ अंकको गिरावटसंगै २९७.२८ अंकमा अोर्लिएको छ ।

Tata
GBIME
Nepal Life

आजको शेयर बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच तालमेल मिल्दा कारोबार बढेको हो ।सोमबार ८१ करोड रुपैयाँ बराबरका १५ लाख कित्ता शेयर खरिद बिक्री भएका छन् ।

उपसूचकहरु मिस्रित देखिएका छन् । सात समूहको कारोबार भएकोमा पाँच समूहले आज गुमाएका छन् भने दुई समूहका लगानीकर्ताले कमाएका छन् । आज गुमाउनेमा बैंकिंग समूह  ४.३८,बिकास बैंक १०.७९ ,जलविद्युत ३.९८,फाइनान्स ५.५७ र अन्यमा ६.०७ अंकको गिरावट आएको छ । आज होटेल र बीमा समूहले कमाएका छन्। होटेल ०.२ र बीमा ३६.१२  अंकले बढेको छ ।

आज सबैभन्दा बढी नेपाल लाइफको चार करोड २० लाख रुपैयाँको कारोबार भयो ।आज सबैभन्दा बढी आइएलएफसीएम माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाए भने सबैभन्दा बढी भार्गभ बिकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।