धितोपत्र बोर्डका कर्मचारीलार्इ बजारबारे तालिम, भारतीय विज्ञले सिकाए धितोपत्र बजार नियमन

बिजमाण्डू
२०७३ फागुन ९ गते १४:५८ | Feb 20, 2017

काठमाडौँ। भारतको धितोपत्र बजारका बिज्ञहरुले नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुलार्इ बजार नियमन तथा सुपरिवेक्षणबारे तालिम दिएको छ ।

Tata
GBIME
Nepal Life

भारतीय धितोपत्र बजारको नियमन निकाय भारतीय प्रत्याभूति तथा विनिमय बोर्ड (सेवी)का महाप्रबन्धक बि.एन.साहूको नेतृत्वमा आएको तीन सदस्यीय विज्ञ टोलीले बोर्डका ३५ जना कर्मचारीहरुलाई तालिम दिएको बोर्डले जनाएको छ ।

बोर्डमा हालै कर्मचारी थप गरेकोले उक्त जनशक्तिलाई प्रशिक्षित गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बोर्डकै अनुरोधमा भारतीय विज्ञहरु नेपाल आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार धितोपत्र बजारको संरचना, नियमन तथा सुपरिवेक्षण विधि, नियमन निकायको सांगठनिक संरचना लगायतका विषयमा  विज्ञ समूहले तीन दिनसम्म तालिम दिएको हो ।