एनआइडिसी डेभलपमेन्ट बैंकले चैत ४ मा साधारणसभा डाक्यो, फागुन २० गतेदेखि बुक क्लोज

बिजमाण्डू
२०७३ फागुन ९ गते १३:४२ | Feb 20, 2017

काठमाडौँ। एनआइडिसी डेभलपमेन्ट बैंकले अागामी चैत चार गते साधारणसभा बोलाएको छ ।

Tata
GBIME
Nepal Life

साधारणसभाकालागि फाल्गुन २० देखि चैत्र ४ गते सम्म बुक क्लोज हुने कम्पनीले जनाएको छ ।

आगामी साधारणसभामा मर्जर प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकलाइ राष्ट्रिय बाणिज्य बैंकसंग  मर्ज गर्ने निर्णय सरकारले यस अघिनै गरिसकेको छ । 

बैंकको हाल चुक्ता पूँजी ४१ करोड ५८ लाख रहेको छ । बैंकले गएको पुस मसान्तसम्म १३ करोड ३४ लाख रुपैयाँ कमाएको छ ।