हिम ईलेक्ट्रोनिक्सले ल्यायो थोरै विद्युत खपत गर्ने ग्यालेन्ज एसी, आवाज पनि कम आउने

बिजमाण्डू
२०७३ फागुन ८ गते १७:०५ | Feb 19, 2017

काठमाडौं। हिम ईलेक्ट्रोनिक्सले एयर कन्डिस्नरको किफायती मोडल 'ग्यालेन्ज' लाई बजारमा ल्याएको छ।

'ग्यालेन्ज'मा सुपर कुलिङ, एयर क्लिनिङ तथा ईनर्जी सेभिङ जस्ता नयाँ विशेषता छन्।

Tata
GBIME
Nepal Life

थोरै विद्युत खपत गर्ने र आवाज पनि कम आउने ग्यालेन्जका चारवटा मोडल एक वर्षे वारेन्टीसहित बजारमा आएका छन्।

सन् १९७८ मा स्थापना भएको ग्यालेन्ज ग्रुप विद्युतीय सामाग्रीको विश्वस्तरीय ब्राण्ड हो।

नेपालमा गोल्छा समूहले  ग्यालेन्जका उत्पादनहरु बिक्री गर्दै आएको छ।