आइएलएफसीएमको समायोजित मूल्य पाँच सय ३० रुपैयाँ, फागुन २२ गतेसम्म बुकक्लोज

बिजमाण्डू
२०७३ फागुन ८ गते १२:४८ | Feb 19, 2017

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आइएलएफसीएम माइक्रोफाइनान्सको  समायोजित मूल्य तोकेको छ।पाँच प्रतिशत बोनस पश्चात कम्पनीको समायोजित मूल्य पाँच सय ३० रुपैया तोकिएको नेप्सेले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले यहि फाल्गुन २२ गते साधारणसभा डाकेको छ। साधारणसभाकालागि फागुन ७ देखि २२ गतेसम्म बुकक्लोज रहने जनाएको छ। कम्पनीको हाल चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ।