टेलिकमले झन्डै पौने ८ अर्ब रुपैयाँ लाभांश बाँढ्ने, सरकारी ढुकुटीमा जाने भयो ७ अर्ब रुपैयाँ

बिजमाण्डू
२०७३ फागुन ८ गते ११:१४ | Feb 19, 2017
काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक बर्षको नाफाबाट झन्डै पौने आठ अर्ब रुपैयाँ लाभांश बाँढ्ने भएको छ। 
 
१५ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले प्रतिशेयर ५१ रुपैयाँको दरले नगद लाभांश वितरण गर्न लागेको हो। 
 
कम्पनीले गत आर्थिक बर्षमा ११ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। त्यसबाट कम्पनीले सात अर्ब ६५ करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको हो।
 
यस मध्ये झन्डै सात अर्ब रुपैयाँ भने सरकारी ढुकुटीमा जानेछ। टेलिकममा ९१.४९ प्रतिशत शेयर सरकारको रहेको कारण लाभांशको ठूलो हिस्सा राज्यले पाउने गरेको हो। 
 
कम्पनीले आगामी ३० फागुनलाई साधारणसभा आह्वान गरेको छ। सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।  
 
 

Tata
GBIME
Nepal Life