सिइओ विना अफिस कसरी चल्छ? स्विडेनको एक सफ्टवेयर कम्पनी ‘बोस’ विना चल्छ

बिजमाण्डू
२०७३ फागुन ७ गते १२:५६ | Feb 18, 2017
सिइओ विना अफिस कसरी चल्छ? स्विडेनको एक सफ्टवेयर कम्पनी ‘बोस’ विना चल्छ


स्विडेन। कुनै पनि कम्पनी चलाउन सिइओ आवश्यक पर्ने प्रचलनलार्इ स्विडेनको सफ्टवेयर कन्सल्टेन्सी क्रिस्पले नकारेको छ । कम्पनी तीन वर्षदेखि बोसमा आधारित नभइ कर्मचारीकै निर्णयमा आधारित छ ।

Tata
GBIME
Nepal Life

र, कम्पनीका सबै निर्णयहरु कर्मचारीहरुले नै गर्ने गरेका छन् । अहिले कम्पनीमा चालिसजना कर्मचारी छन् तर कोही पनि कसैको बोस भने होइन । उनीहरु कसैले पनि कार्यकारीको आवश्यकता महसुस गरेका छैनन् । कम्पनी कुशल रुपमा चलिरहेको छ । र कम्पनीको यो प्रयोगलार्इ सबैले नियालिरहेका छन् । यसबारेमा बिभिन्न ठूला कम्पनीहरुले प्रतिक्रिया समेत जनाइरहेका छन् । 
 

प्रयोगका हिसावले सुरु भएको कम्पनीको यस किसिमको संरचनालार्इ कतिपयले अतिबाद भनेपनि उनीहरु उत्साहित छन् । कम्पनीको विकास गरेका यासाल सन्डम्यानका अनुसार जब उनीहरुले सिइओ बिनाको कम्पनीको परिकल्पना गरे उनीहरुले सबैभन्दा पहिले सिइओले गर्ने कामको लिस्ट तयार गरे । यस अनुसार उनीहरुले सिइओले गर्ने काम कर्मचारीहरुबाटै गर्ने गरी कामको बाँडफाँड समेत गरे ।

उनीहरुले यसलार्इ प्रयोगकै रुपमा अघि बढाएको बताउँछन् । अहिलेसम्म कुनै चुनौती नआएको र कर्मचारीहरुले आपसमा मिलेर नै सिइओले गर्ने कामहरु बाँडेर गरेका छन् । हामी आफैंले यसलार्इ ब्यवहारमा उतार्ने प्रयास गरेका हौं। पहिले उनीहरु कर्मचारीको भोटको आधारमा वर्षेनी सिइओ चुन्ने गरेका थिए तर पछि बोस बिनाकै कम्पनी चलाउने निर्णयमा पुगेका हुन् ।  
 

क्रिस्पले वर्षको दुइ देखि तीन पटकसम्म कर्मचारीको लागि चार दिने छलफल आयोजना गर्छ । यसै छलफलमा नै सबैले कम्पनीका मुद्दाहरुमाथि छलफल गर्ने र आगामी कार्यदिशा बनाउने गर्छन् । उनीहरुले सबैका लागि उपयुक्त हुने निर्णय गर्छन् । कर्मचारीहरुलार्इ सँधै आफैँले आफ्नो कामको बारेमा निर्णय गर्न प्रोत्साहित गरिन्छ । 
 
कानुनी आवश्यकताका लागि संचालक बोर्डको गठन त भएको छ तर यसबाट कमै मात्र काम हुने गर्छ । कर्मचारीहरुलार्इ नै अघि सारेर कम्पनीका बारेमा निर्णय गरिन्छ । कम्पनीका कोच हेनरिक निबर्ग भन्छन् कम्पनीमा कसैले पनि निर्णयकालागि बोसको आदेश पर्खिने र परियोजना तथा बजेटका लागि कसैको आदेश नकुर्ने बताए । यसकारण फर्मको रेस्पोन्स पनि राम्रो भएको उनको भनाइ छ ।  
 
एकअर्काको आइडिया शेयर गरेर कम्पनीको हितमा काम गर्ने भएपछि कसैलार्इ पनि टेन्सन नहुने निबर्गको भनाइ छ । सबै कर्मचारी इन्चार्जको भूमिकामा भएपछि उनीहरु पनि मोटिभेट भएका छन् । क्रिस्पले नियमित रुपमा कर्मचारीको सन्तुष्टिको समेत मापन गर्दै आइरहेको छ । समग्रमा कर्मचारीहरुको सन्तुष्टी ५ मा ४.१ रहेको छ । 
 
कम्पनीलार्इ परिवार जस्तै गरी हुर्काइएको निबर्ग बताउँछन् ।  कसैले कसैलार्इ यहि गर्नुपर्छ भनेर काम नतोक्ने तर घर सजिलै चलेजस्तै कम्पनी पनि चलिरहेको उनीहरुको भनाइ छ । क्रिस्पको यो कदम अग्रगामी जस्तो देखिएपनि अहिले धेरै साना कम्पनीहरुले यस्तो सुरुवात गरेका छन् । अमेजोनले टेकओभर गरेको अनलाइन कपडा र जुत्ताको रिटेलर जाफसले पनि यस्तै किसिमको संरचना सुरु गरेको छ । 
 
सन् २०१३ मा कम्पनीले ‘होलाक्रेसी’ सिद्धान्त नै अपनाएर नयाँ ब्यवस्थापन अनुसार काम गरेको थियो जुन सिद्धान्तले जसमा कार्यक्षेत्रमा हुने तहगत संरचनालार्इ निर्मूल गर्छ। हालैका वर्षहरुमा प्रयोगका रुपमा कम्पनीहरुको संरचनामा ब्यवस्थापक र बोसहरु कटौती गरिदै आएको छ । तर साना कम्पनीहरुमा यो संभव भएपनि ठूला कम्पनीहरुको लागि भने नेतृत्व बिना काम गर्न नसकिने अनलाइन फाइल सेयरिङ सर्भिस ड्रपबक्सका संस्थापक ड्रिउ होउस्टन बताउँछन् । 
 
सिइओ नहुँदाको मुख्य चुनौती भनेको कर्मचारीहरुले एक अर्काको कार्यक्षेत्रमा अतिक्रमण गर्ने खतरा रहिरहने र त्यसले उनीहरुको कामको प्रभावकारितालार्इ घटाउने होउस्टनको भनाइ छ । उनी भन्छन् –‘कहिलेकाँही बढी स्वतन्त्रता पनि घातक हुन्छ । यसले सँधै राम्रो प्रतिफलमात्र दिँदैन ।‘
यस्तै टेक्नोलोजी जायन्ट हेउलेट प्याकार्डकी सिइओ मेग ह्विटम्यान पनि सिइओ कम्पनीको लागि अत्यावश्यक भएको बताउँछिन् । उनको भनाइमा हरेक कम्पनीलार्इ नेतृत्वकर्ता चाहिन्छ । अधिकांश बिजनेसमा सिइओ कायमै रहेको बेला क्रिस्पको यो कदमलार्इ उनीहरु अतिबाद भन्छन् यद्यपि धेरैले यस प्रयोगलार्इ नियालिरहेका छन् ।