जेट एयरलाइन्सले ल्यायो प्रिपेड ग्लोबल पास, ६ महिनाको अवधि रहेको कार्डले सजिलो बनाउँछ यात्रा

बिजमाण्डू
२०७३ फागुन ७ गते ११:४८ | Feb 18, 2017
जेट एयरलाइन्सले ल्यायो प्रिपेड ग्लोबल पास, ६ महिनाको अवधि रहेको कार्डले सजिलो बनाउँछ यात्रा
काठमाडौं।जेट एयरलाइन्सले धेरै यात्रा गर्ने व्यक्तिलार्इ लक्षित गर्दै प्रिपेड ग्लोबल पास योजना ल्याएको छ।इकोनोमी र प्रिमियर गरी दुर्इ पास हुने यो पासको मूल्य क्रमश ५२ हजार ६ सय ७३ र १ लाख १९ हजार ३ सय १२ भारु तोकिएको छ।

Tata
GBIME
Nepal Life

यो पासमार्फत एयरलाइन्सको ६६ अन्तर्राष्ट्रिय गन्तब्यमा भ्रमण गर्न पाउने एयरलाइन्सले जनाएको छ।एयरलाइन्सका अनुसार बुकलेटको रुपमा उपलब्ध हुने पासमा चारवटा प्रिपेड कुपन हुनेछ।धेरै भ्रमण गर्ने, जुनसुकै बेलामा भ्रमण गर्ने र अन्तिम समयमा भ्रमण हेरेफेर गर्ने यात्रुका लागि पास सहयोगी हुने एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार सिजनल रुपमा हुने मूल्यवृद्धिको समेत असर पर्दैन्।यात्रुले कुपनमा तिरे अनुसारको भाडा तिरे पुग्ने एयरलाइन्सले जनाएको छ।एयरलाइन्सका अनुसार २० केजीसम्मका सामान लैजान पाउनुको साथै तीन घण्टा अगाडि टिकट रद्ध गर्दा क्यान्सिलेसन चार्ज लाग्दैन भने मिति परिवर्तन गर्दा अतिरिक्त जरीवाना तिर्नुपर्दैन्।

पासमा आउने कुपन साथीभार्इ र आफन्तालार्इ स्थानान्तरण गर्न समेत सकिने एयरलाइन्सले जनाएको छ।६ महिना अवधिको यो पास ट्राभल एजेन्सी र विमानस्थलको काउन्टरबाट किन्न सकिने एयरलाइन्सले जनाएको छ।