खबरदार नोटमा लेख्नु होला, लेख्ने, कोर्नेलाई अब तीन महिनासम्म कैद सजाय हुने व्यवस्था

बिजमाण्डू
२०७३ फागुन ५ गते १६:३३ | Feb 16, 2017
खबरदार नोटमा लेख्नु होला, लेख्ने, कोर्नेलाई अब तीन महिनासम्म कैद सजाय हुने व्यवस्था

काठमाडौँ। बैँक नोटमा कसैले लेखेमा वा कोरेमा फौजदारी कानुन उल्लङ्घन हुने भएको छ।

Tata
GBIME
Nepal Life

फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक २०७१ बारे छलफल गर्न बनाइएको उपसमितिको प्रतिवेदनले यस्तो व्यवस्था थप गरेको हो।

प्रतिवेदनले प्रस्तावित गरेको मुलुकी अपराध संहिता, २०७३ को दफा २६३ मा बैँक नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा बैँक नोटमा लेख्न नहुने सम्बन्धी व्यवस्था गरेको छ।

सुरु विधेयकमा नभएको उपदफा २ र ३ प्रतिवेदनमा थप गरिएको छ।

उपदफा २ मा छ- कसैले बैँक नोटमा लेख्न वा कोर्न हुँदैन।

उपदफा ३ ले भने त्यसो गर्नेलाई सजायको व्यवस्था गरेको छ- तीन महिनासम्म कैद र पाँच हजार रुपैयासम्म जरिवाना।

नोट सम्बन्धी विभिन्न निर्देशन हाल नेपाल राष्ट्र बैँकले दिँदै आएको छ। पछिल्लो पटक राष्ट्र बैँकले सबै बैँक र वित्तीय संस्थाहरुलाई नोटको बण्डलमा स्टिच नगर्न निर्देशन दिएको थियो।

त्यसअघि सर्वोच्च अदालतले नेपाली रुपैयाँको नोट फोहर नगर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो।