ट्याक्सीका लागि आवेदन हाल्नुभएको छ? हातेपुस्तिकामा नाम आउँदैछ गल्ती भए सच्यार्इहाल्नुस्

बिजमाण्डू
२०७३ फागुन ५ गते १३:२५ | Feb 16, 2017
काठमाडौं।भूकम्पपीडितका लागि दिने भनिएको ट्याक्सीकालागि हाते पुस्तिका तयार भएको छ।यातायात व्यवस्था विभागले ट्याक्सीकालागि आवेदन दिएका व्यक्तिको नामावलीसहितको हातेपुस्तिका सम्वन्धित जिल्लामा पठाउने भएको छ।

Tata
GBIME
Nepal Life

पुस्तिकामा नाम लगायतका विवरणमा गल्ती भएमा सच्याउन पाँच दिनको समय पाउने विभागले जनाएको छ।विगतमा नाम गल्ती हुँदा ट्याक्सी परेपनि नपाउने अवस्था भएपछि हातेपुस्तिकाको व्यवस्था विभागले गरेको हो।
 

'गल्ती भए सच्याउने, छुटेको भए दाबी विरोध गर्नेलार्इ पाँच दिनको समय दिने विभागको योजना छ,विभागका प्रवक्ता डा टोकराज पाण्डेले भने, समयभित्र दाबी विरोध गरिसकेपछि फाइनल पुस्तिका प्रकाशन गर्ने र चैत महिनाको २६ गते शनिबारसम्म  चिठ्ठा प्रणालीमा लगेर र्यान्डम छनोट विधिबाट ट्याक्सी पाउनेहरुको नाम प्रकाशन गरिनेछ।'

भूकम्पपीडितकालागि १५ सय ट्याक्सी थप्ने तयारी छ। तर यो ट्याक्सीका लागि१ लाख ४६ हजारको आवेदन परेको छ।आगामी बैशाखबाट दर्ताको प्रक्रियामा जाने र भुकम्पपीडितले नयाँ वर्षमा ट्याक्सी पाउने उनले बताए।
 

१५ सय ट्याक्सी वितरणको योजना अघि बढाएकोमा झण्डै डेढ लाख आवेदन परेपछि कसरी समाधान खोज्ने भन्न्बारे विभाग दुविधामा थियो । कम्प्युटर म्यानुअल विधिमा गएर हातैले चिठ्ठा थुतेर भाग्यमानीलार्इ ट्याक्सीको नम्बर दिने निर्णय गरेको पाण्डेले बताए। 
 
बिभागका अनुसार चिठ्ठा थुतेर परेका १५ सय भाग्यशालीलार्इ यातायातले नम्बर दिन्छ । भुकम्पपीडित आफैले ट्याक्सी किन्ने तथा कर राजश्व महसुल सबै बुझाउनुपर्छ । नम्बर पाएपछि चलाउन जान्नेले आफैं चलाउने तथा नजान्नेले अरुको सहायताबाट चलाउन सक्छन् । त्यसबाट प्राप्त प्रतिफल भुकम्पपीडितका लागि हुने उनले बताए।