टेलिकमले ल्यायो भ्यालेन्टाइन अफर, २५ रुपैयाँमा २५० मिनेट कल, एउटा सिम किन्दा अर्को सित्तैमा

बिजमाण्डू
२०७३ फागुन ४ गते १५:०९ | Feb 15, 2017

काठमाडौं। नेपाल टेलिकमले प्रणय दिवस (भ्यालेन्टाइन डे)का अवसरमा जीएसएम सेवाका ग्राहकका लागि नयाँ अफर ल्याएको छ। टेलिकमले २५ रुपैयाँमा दुईसय ५० मिनेटको टक टाइम भएको 'नाइट भ्वाइस प्याकेज अफर' ल्याएको हो।

Tata
GBIME
Nepal Life


अफर फागुन तीन गते देखि फागुन १७ गते सम्म लागु हुने टेलिकमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट सात दिनसम्म रहने टेलिकमले जनाएको छ।

अफर अन्तर्गत उक्त प्याकेज राती १० बजेदेखि विहान ६ बजेसम्ममात्र  गर्न सकिनेछ तथा प्याकेज लिनका लागि भिएडिआई टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ।

यस्तै टेलिकमले भ्यालेन्टाइनको अवसरमा हरेक  जीएसएम तथा सिडिएमए प्रिपेड सिम तथा रिमको खरिदमा अर्को त्यस्तै सीम वा रीमका साथै ५० रुपैयाँ बरावरको टक टाइम निशुल्क उपलब्ध गराउने जनाएको छ।

सिम र रिमको अफर फागुन तीन गतेदेखि पाँचगतेसम्म लागु हुने र रिम तथा सिम लिनकालागि कम्पनीका काउन्टरमा नै जानुपर्ने बिज्ञप्तिमा उल्लेख छ।