अाउँदैछ नोकियाको चर्चित फोन ‘नोकिया ३३१०’, रिब्राण्डिङपछि ‘नयाँ भर्सन’ बार्सिलोनाबाट सार्वजनिक

बिजमाण्डू
२०७३ फागुन ४ गते १३:४२ | Feb 15, 2017

काठमाडौं। कुनै समय निकै चर्चित रहेको नोकियाको ३३१० मोडेलको मोबाइल फोन फेरि बजारमा आउने भएको छ। माइक्रोसफ्टसँग एक्वायर भएपछि नोकियाले पहिलोपटक एन्ड्रोइड ओएस भएको स्मार्टफोन पनि बजारमा ल्याउने जनाएको छ।

Tata
GBIME
Nepal Life

नोकियाको नोकिया ३, नोकिया ६, नोकिया ५ लाई यहि फेब्रुअरीमा स्पेनको बार्सिलोनामा हुने  मोवाइल वर्ल्ड कंग्रेसमा (एमडब्ल्युसी) सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ।

नोकियाको ३३१० मोडेलको मोवाइल सन् २००० को नोभेम्वरमा सार्वजनिक भएको थियो। धेरै टिक्ने, सस्तो मूल्य र बलियो भएका कारण उक्त मोवाइल प्रयोगकर्तामाझ निकै लोकप्रिय थियो ।

नोकियाले यसअघि नै 'नोकिया ६' लाई चीनमा सार्वजनिक गरिसकेको छ। अहिलेसम्मको सबैभन्दा नयाँ टेक्नोलोजीका साथ सार्वजनिक भएको नोकिया ६ ले चिनियाँ मार्केटमा राम्रो प्रभाव जमाइसकेको छ।

नोकियाको चर्चित फिचर फोनलाई आधुनिक रुपमा परिमार्जन सहित नयाँ भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ। ३३१० मोडेलको मोबाइल फोन नोकियाको सबैभन्दा धेरै बिक्री भएको र प्रयोगमा आएको मोडल हो । यो फोन विश्वभरमा १० करोड भन्दा धेरै सेट बिक्री भएको थियो।
दि गार्जियनबाट