जिओनीको एमफाइभ लाइटको मूल्य दुर्इ हजार रुपैयाँ घट्यो, मूल्य १८ हजार रुपैयाँ मात्रै

बिजमाण्डू
२०७३ फागुन ३ गते २०:२४ | Feb 14, 2017
काठमाडौं।जिओनीको एमफाइभ लाइटको मूल्य दुर्इ हजार रुपैयाँ कम भएको छ।अब उपभोक्ताले यो मोबाइल १७ हजार ९ सय ९९ सय रुपैयाँमा पाउने कम्पनीले जनायो।

Tata
GBIME
Nepal Life


यसअघि यो मोबाइलको मूल्य १९ हजार ९ सय ९९ सय रुपैयाँ थियो।नेपाली मोबाइल बजारमा जिओनीको माग बढ्दो क्रममा रहेकोले मूल्य घटाएको कम्पनीले जनाएको छ।यो मोबाइल ठूलो ब्याट्री हुने म्याराथोन सिरिजको सबैभन्दा नयाँ मोडल हो।
 

मोबाइलमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५ इन्चको एच डी स्क्रिन छ । फोनमा ८ मेगापिक्सेलको रियल क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार मोबाइलमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ । 
 
मोबाइल फोनमा ४००० एमएएचको ब्याट्री रहेको छ जुन साधारण फोन व्याट्री भन्दा दुई गुणाबढी क्षमताको छ । मोबाइलमा ३ जिवी ¥याम र ३२ जीवी रोम (कार्डबाट १२८ जिवी थप्न सकिने) रहेको छ ।  फोनमा जियोनीको आफ्नै सफ्टवेयर अमिगो ३.१, जुन एन्ड्रोइड ५.१ मा आधारित छ ।