आर्इएलएफसिओको सिर्इओमा बलराम पौडेल, १० करोड चुक्ता पूँजीको संस्थाबाट २३ करोड लगानी

बिजमाण्डू
२०७३ फागुन २ गते १६:०१ | Feb 13, 2017
काठमाडौं।आर्इएलएफसिओ माइक्रोफाइनान्स वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बलराम पौडेल नियुक्त भएका छन्।उनी यसअघि नेपाल लघुवित्त वित्तिय संस्थामा सहमहाप्रवन्धकको रुपमा कार्यरत थिए।

Tata
GBIME
Nepal Life

यसअघि निमित्त प्रमुख कार्यकारी अधिकतको रुपमा सिभिल बैंकका माइक्रो बैंकिङ प्रमुख युवराज गुरागार्इँ थिए।सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको यो संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ छ।

२०६९ असार २१गतेबाट वित्तिय कारोबार सुरु गरेको यो संस्थामा ८ हजार ६ सय ५ जना सदस्य छन्।संस्थाले २३ करोड रुपैयाँ लगानी गरेको छ।यो कर्जाको ब्याज आम्दानी २ करोड ९६ लाख ४४ हजार ८ सय ८९ रुपैयाँ रहेको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।