भारतीय धनाढ्यको ‘स्ट्याटस् सिम्बोल- एम्बेसडर कार’ इतिहासमा सिमित, फ्रान्सेली कम्पनीले किन्यो

बिजमाण्डू
२०७३ फागुन १ गते १२:०१ | Feb 12, 2017
भारतीय धनाढ्यको ‘स्ट्याटस् सिम्बोल- एम्बेसडर कार’ इतिहासमा सिमित, फ्रान्सेली कम्पनीले किन्यो
सँधै टप र हाइ ब्राण्ड भ्यालुका साथ बजारमा रहिरहन कति संभव हुन्छ? कुनै पनि वस्तु वा उत्पादनलार्इ बजारले उत्तिकै महत्व र भ्यालुका साथ सँधै लिइरहँदैन। वस्तुले कसरी आफ्नो बजार गुमाउँदै जान्छन् र अन्तत: बाहिरिन्छन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ – ‘एम्बेसडर कार’। 

Tata
GBIME
Nepal Life


 

कुनै बेला भारतीय धनाढ्यको ‘स्ट्याटस् सिम्बोल’ मानिएको एम्बेसडर कारको ब्राण्ड हालै मात्र ८० करोड भारुमा बिकेको छ। हिन्दूस्तान मोटर्सले अन्ततः फ्रान्सेली कम्पनी पुजोलार्इ एम्बेसडर ब्रान्ड बिक्री गरेको हो। 
 
कुनै बेला शानको प्रतिक मानिएको एम्बेसडर बिक्री मात्र भएको छैन अब फेरि यो ब्रान्डका गाडी बजारमा आउँछन्/आउँदैनन् भन्ने समेत अन्यौल छ। किनभने पूजोले यो ब्रान्डमा गाडी उत्पादन गर्ने/नगर्ने बारे निर्णय गरि सकेको छैन। 


 

९० को दशकमा  भारत छिरेको पूजो त्यहाँ बजार विस्तारका लागि छलाङको मौका कुरी रहेको थियो। भारतले आर्थिक उदारीकरणको नीति लिए पछि आउने सुरुवाती विदेशी कम्पनीमा पूजो पनि एक हो। 
 
इन्टेरियर स्पेस र सस्पेनसन सिस्टमको कारण सबैको प्रिय बन्न सफल एम्बेसडर कारको निर्माण सन् २०१४ मै रोकिएको थियो। 
 
भारतीय सत्ता र प्रशासनको परिचायक एम्बेसडर कारको मागमा कमी आएको र नाफा घट्दै गएको कारण देखाउँदै कम्पनीले उत्पादन बन्द गरेको थियो। भारतमा नेता तथा सरकारी अधिकारीहरुले यसको प्रयोग गर्ने गरेका थिए।


 

लामो समय भारतीय सडकमा शानको सवारी बनेको एम्बेसडर कार बजारमा आएका नयाँ कारसँगको प्रतिश्पर्धामा कमजोर हुँदै अन्ततः इतिहासमा मात्र सिमित हुने अवस्थामा पुगेको छ।