सोह्र ठाउँमा टेलिफोन टावर थपिँदै, जिल्लाभरनै नेटवर्कको समस्या हट्ने टेलिकमको दाबी

रासस
२०७३ माघ २८ गते १३:३९ | Feb 10, 2017
खोटाङ । सेवाग्राहीको समस्यालाई ध्यान दिएर गर्दै नेपाल टेलिकमले जिल्लाका १६ स्थानमा टेलिफोन टावर जडान गर्ने तयारी गरेको छ । 
 
दिक्तेलको पुरानो बेसक्याम्प र रत्नपार्कमा थ्रीजी सहितको जिएसएम मोबाइल टावर जडान गर्ने तयारी गरेको गरिएको हो। त्यस बाहेक चालु आर्थिक वर्षभित्रै जिल्लाका थप १४ स्थानमा पनि टावर जडान गर्ने जनाइएको छ। 
 
टेलिफोन टावर जडान गर्न भौतिक तथा प्राविधिक अध्ययन भइसकेको र सामान पनि ल्याउन थालिएको टेलिकमको कार्यालय प्रमुख भरोसी साहले बताए। “सदरमुकाम दिक्तेलकै केही क्षेत्र र जिल्लाका धेरै ठाउँबाट मोबाइलले राम्रो काम नगरेको जनगुनासो आएको छ, उनले भने- टावर जडान गरेपछि सेवाग्राहीको सबै समस्या समाधान हुन्छ।” 
 
दिक्तेलको दुई ठाउँका साथै बाहुनीडाँडा, बाम्राङ, बराहपोखरी, खार्पा, बतासे, सप्तेश्वर, बुइपा, फेदी, रतन्छा, सल्ले, स–छितापोखरी, सावाकटहरे, सिम्पानी र काहुले गाविसमा टावर जडान टेलिकमले जनाएको छ। 
जिल्लामा अहिले करिब दुई हजार थान ल्यान्डलाइन टेलिफोन विस्तार गरिएको छ। जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, ऐँसेलुखर्क र खोटाङबजारमा ल्यान्डलाइन टेलिफोन विस्तार भइसकेको छ। 
 
जिल्लामा लाखौँको सङ्ख्यामा नमस्ते र स्काई फोन चलाउने सेवाग्राही छन्। ४१ हजार ३४२ थान जिएसएम सेवाअन्तर्गत नमस्ते मोबाइलको सिम वितरण गरिएको र १० हजार दुईसय ४८ वटा सिडिएमए र स्काई फोनको कार्ड वितरण गरिएको जनाइएको छ । 
 
 
 

Tata
GBIME
Nepal Life