गाडी कर्जामा पनि सीमा तोक्ने तयारी, गभर्नरले भने, ‘यसमा सीमा तोक्नुपर्ने जस्तो लागेको छ’

बिजमाण्डू
२०७३ माघ २६ गते १९:४२ | Feb 8, 2017
काठमाडौं।राष्ट्र बैंकले अस्वभाविक रुपमा साना सवारी साधनमा कर्जा गएको भन्दै गाडी कर्जामा सीमा तोक्ने संकेत गरेको छ।गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकर्स संघका अध्यक्ष अनिल शाह, विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछाने, फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरलगायतसँग छलफलको क्रममा सीमा तोक्ने संकेत गरे।
 

Tata
GBIME
Nepal Life

गाडी कर्जामा पनि 'लोन टु भ्यालु' अनुपात तोकिने उनले जानकारी दिए। अहिलेसम्म कुल लगानीको यति प्रतिशतसम्म कर्जा लगानी गर्न पाइन्छ भनेर घरजग्गा/रियलस्टेट र शेयर धितो कर्जामा सीमा तोकेको छ।

 
गाडीमा अत्याधिक लगानी भएकाले त्यसलाई नियन्त्रण गर्न  सीमा तोक्ने भएको हो। 'बैंकहरुले ९० प्रतिशतसम्म फाइनान्सिङ गरेको पाइयो' गभर्नरले भने, 'यसमा सीमा तोक्नु पर्ने हो कि भन्ने हामीलाई लागिरहेको छ।'पछिल्लो समयमा साना सवारी साधनको अस्वभाविक आयात बढेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा १० अर्ब ४० करोड रुपैयाँ बराबरको साना सवारी साधन भित्रिएको छ। यो अवधिमा १३ हजार पाँचसय ४७ वटा कार, जिप र भ्यानहरु आयात भएका छन्। यो गत वर्षभरीको भन्दा बढी हो।बैंक तथा वित्तिय संस्थाले सवारी साधन कर्जा साढे ६ प्रतिशतमा दिने गरेका थिए।कर्जा सस्तो भएका कारण साना सवारी साधन किन्ने बढेका थिए।

 
गत वर्षभरी १२ हजार ३ सय ३२ वटा साना सवारी आयात भएको थियो।  कार,जीप र भ्यान साना सवारी साधनमा पर्छ। राष्ट्र बैंकले गाडी कर्जा अस्वभाविक रुपमा बढेको भन्दै शोधानान्तर घाटामा जानसक्ने अर्थमन्त्रालयलार्इ जानकारी दिएको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको  पाँच महिनाको तथ्यांकमा समेत गाडी कर्जा बढी रहेको भन्दै लगानीमा सचेतता अपनाउन सुझाब दिएको थियो।