लोडसेडिङ हटेपछि इन्भर्टरलार्इ ‘बार्इबार्इ’, विद्युतीय सवारीलार्इ ‘वेलकम’

बिजमाण्डू
२०७३ माघ २० गते १६:२१ | Feb 2, 2017
लोडसेडिङ हटेपछि इन्भर्टरलार्इ ‘बार्इबार्इ’, विद्युतीय सवारीलार्इ ‘वेलकम’


काठमाडौं।यो वर्षको सुख्खायाममा काठमाडौं उपत्यकामा लोडसेडिङ भएको छैन।वैशाखदेखि देशभरनै लोडसेडिङको अन्त्य हुनेछ।लोडसेडिङ अन्त्यसँगै इन्भर्टर, पावरव्याक अप लगायतका सामान 'बार्इबार्इ' भएको छ भने विद्युतीय सामाग्रीको बहार सुरु भएको छ।

Tata
GBIME
Nepal Life

लोडसेडिङ हट्ने संकेत देखिएपछि व्यापारीक घरानाले विद्युतीय सवारी साधन बिक्रीका लागि करोडौं लगानी सुरु गरेका छन्।विद्युतीय सवारीका लागि आवश्यक पर्ने चार्जिङ स्टेशन निर्माण गरेर सवारी बिक्री गर्ने योजना बनाएका छन्।सांग्रिला र टिबिआर्इ समूहको लगानीमा उपत्यकामा ६ ठाउँ र देशैभरी  १३ स्थानमा चार्जिङ स्टेस निर्माण गरेर विद्युतीय सवारी साधन बिक्री गर्ने भएका छन्।

 
संसारकै सवैभन्दा ठूलो मध्येको चिनियाँ अटोमोवाइल र  रिचार्जेवल व्याट्री उत्पादक कम्पनी विवाइडी कम्पनीले उत्पादन गर्ने विद्युतीय सवारीसाधन सिमेक्स कम्पनीले बिक्री गर्नेछ।

सिमेक्समा सांग्रिला र टिबिआर्इको पचास/पचास प्रतिशत शेयर छ।कम्पनीका प्रवन्ध निर्देशक नरेश श्रेष्ठले देशभर १३ स्थानमा चार्जिङ स्टेसन निर्माण गरी सवारी साधन बिक्री गर्ने जानकारी दिए।

उनका अनुसार सुरुमा विद्युतीय कार ल्याएर बिक्री सुरु गरिनेछ।कम्पनीले काठमाडौंभित्र सुविधासम्पन्न विद्युतीय बस चलाउन काठमाडौं महानगरपालिकासँग छलफल गरिसकेको उनले बताए।श्रेष्ठले लोडसेडिङ अन्त्यको संकेत देखिएकोले विद्युतीय सवारी साधन बिक्रीका लागि ठूलो लगानी गरिएको बताए।
 

हरेक चारसय किमीभन्दा कम दुरीमा कम्पनीले चार्जिङका लागि ठाउँ छनौटको काम भइरहेको श्रेष्ठले बताए। सिमेक्सले पूर्वको इटहरी, मध्यक्षेत्रमा बर्दिबास, वीरगंज र नारायणघाट, पश्चिम क्षेत्रमा पोखरा तथा बुटवल र मध्यपश्चिम क्षेत्रमा नेपालगंजमा चार्जिङ स्टेसन बनाउने उनले बताए।
चार्जिङ स्टेसनका लागि ठाउँ छनौटको भइसकेको र ६ महिनाभित्र चार्जिङ स्टेसन निर्माण सुरु हुने बताए।


काठमाडौं उपत्यकाका ६ स्थानमा कम्पनीले चार्जिङ स्टेसन निर्माण गर्नेछ। उपत्यकाका बालुवाटर, ललितपुरको जावलाखेल, भक्तपुरको सल्लाघारी, दरवारमार्ग, कलंकी र चावहिल चोकमा चार्जिङ स्टेसन राख्ने श्रेष्ठले बताए।
 
विवाइडी कम्पनीले उत्पादन गरेको अन्य गाडीहरु पनि सिमेक्सले नेपालमा भित्र्याउने भएको छ। कम्पनीले उपत्यका सहित देशैभरी चल्ने 'के ९' मोडेलको इलेक्ट्रिक बस पनि ल्याउने भएको छ। सुरुवातमा 'के ९' लाई काठमाडौंमा चलाउन काठमाडौं महानगरपालिकासँग सहकार्यको वारेमा छलफल भएको उनले बताए।
 
उनले एयरपोर्ट र  प्यासेन्जर बसका रुपमा देशैभरी 'के ९' लाई चलाउने योजना रहेको बताए। महानगरपालिका प्रदुषण नहुने बस संचालन गर्न सकारात्मक रहेको श्रेष्ठले बताए।२६ सिट क्षमताको यो बसमा ह्विलचियरको पनि व्यवस्था रहेको छ। अपांङ्ग व्यक्तिहरुका लागि एकदेखि दुईवटासम्म सिट हुने कम्पनीले जनाएको छ। ७० किमी प्रतिघण्टा गुड्ने यो बसको मुल्य भने तोकिएको छैन।
 
सिमेक्सले सिटि ट्याक्सीका रुपमा 'ई ३' मोडेलको ट्याक्सी भित्र्याउने भएको छ। शहरको वायु प्रदुषणलार्इ कम गर्न यो ट्याक्सी प्रयोगमा ल्याउन सकिने उनले बताए। चारजना अट्ने यो कार एक पटक फुलचार्ज गरिसकेपछि चार सय किलोमिटर चल्नेछ।
 
क्रस ओभर कार १५ दिनभित्र आउने
सिमेक्सले नेपालमा सवैभन्दा राम्रो मानिएको 'मिडियम रेन्ज'को एसयुभी क्रस ओभर कार दुई हप्ताभित्र ल्याउने जनाएको छ। 'इ ६' मोडेलको यो कारले एकपटक फुल चार्ज गरेपछि चारसय किमी गुड्ने र  अधिकतम एकसय ४० स्पीडमा चल्नेछ।

श्रेष्ठका अनुसार यो कारको मूल्य ६० लाख रुपैयाँभन्दा माथि पर्नेछ। वातावरणमैत्री रहेको यो कारमा पाँच जना यात्रु बस्न मिल्छ। 'फायर सेफ्टी' सहित यो कारमा इन्टेरियर स्पेस धेरै रहने कम्पनीले जनाएको छ।