आकर्षक नयाँ स्कोडा र्यापिड बजारमा, ३५ लाख मूल्यको कारमा छ यो विशेषता, सेडानमा मार्केट लिडर बन्ने

बिजमाण्डू
२०७३ माघ १८ गते २१:२१ | Jan 31, 2017
आकर्षक नयाँ स्कोडा र्यापिड बजारमा, ३५ लाख मूल्यको कारमा छ यो विशेषता, सेडानमा मार्केट लिडर बन्ने


काठमाडौं। नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सेडान सेग्मेन्टमा सबैभन्दा आर्कषक र स्टाइलिश नयाँ स्कोडा र्यापिड फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका प्रवन्ध निर्देशक विष्णु अग्रवालले नयाँ कारको बिक्री शुभारम्भ गरे।कम्पनीका अनुसार नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको र्यापिड पफर्मेन्स अझ पनि परिस्कृत रहेको छ । कम्पनीले स्कोडा र्यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध रहेको जनाएको छ।


यो कार ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेडमा उपलब्ध हुने कम्पनीले जनायो। कम्पनीका अनुसार नयाँ स्कोडा र्यापिड एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध छ। 


‘नयाँ स्कोडा र्यापिड नेपाली सेडान गाडीको अपेक्षालार्इ पूरा गर्नेछ, प्रवन्ध निर्देशकअग्रवालले भने, ‘सेडान सेग्मेन्टमा हामी मार्केट लिडर हौं । नयाँ स्कोडा र्यापिडले गर्दा यो सेग्मेन्टमा हाम्रो लिडरसिपले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं ।’ एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले नयाँ स्कोडा र्यापिड फेमिली कार भएको दाबी गर्दै शहरी यात्राका लागि कम्प्याक्ट र लामो यात्राका लागि आरामदायी भएको बताए।


उनका अनुसार परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्लास लिडिंग सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसन कारका विशेषता हुन्।नयाँ स्कोडा यापिडमा ब्रान्डको सिग्नेचर डिजाइन ल्याङवेजसँग मिल्ने आधुनिक क्रिस्टलाइन डिजाइन छ । यसमा शार्प एंगल र कर्भहरु प्रयोग गरिएका छन् जसले यसलाई निकै आकर्षक सेडान बनाएको छ ।

नयाँ कारको डिजाइन स्कोडाको देश चेक सम्पदाबाट प्रभावित छ,कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।कम्पनीका अनुसार कारमा उत्कृष्ट क्रिस्टलाइन डिजाइन भएको बम्पर र फेन्डरमा पनि देख्न सकिन्छ । नयाँ स्कोडा ‘सिग्नेचर ग्रिल र क्वार्ज–कट ह्यालोजिन प्रोजेक्टर हेडलाइट’ले कारलाई उत्कृष्ट बनाएको दाबी गर्दै कम्पनीले सुरक्षाको दृष्टिले अनिवार्य‘डे रनिंग लिड लाइट’ पनि जडान गरिएको जानकारी दियो ।

कम्पनीका अनुसार ‘सी’ आकारको टेललाइट लगाइएको छ जसले यसको स्वरुपलाई आकर्षक बनाएको छ । डोर ह्यान्डलमा लगाइएको ‘डेक लिड’ र क्रोमले कारलाई प्रिमियम लुक्स दिएको कम्पनीले जनायो।
 

कारमा आकर्षक डिजाइन, ‘एडजस्टेबल मल्टिफंक्सन स्टेरिङ’, ‘इलेक्ट्रिकल्ली फोल्डेबल’ र ‘साइड टर्न इन्डिकेटर’सहितको ‘एड्जस्टेबल मिरर’ले यात्रालाई निकै आरामदायी बनाउने कम्पनीको दाबी छ।

कारमा ‘ड्राइभ’–६.५ इन्चको कलर टचस्क्रिन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको जनाउँदै कम्पनीले कारमा रहेको मिररलिंक प्रविधिले स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउन सकिने जनायो ।यो कारको मूल्य पेट्रोलको ३४ लाख ९५ हजार डिजलको ३९ लाख ९५ लाख रुपैयाँ कम्पनीले तोकेको छ।