भारतको अम्रिता अस्पताल र नेपालको एनगोजबीच सेवा अादानप्रदान सम्झौता, उपचार सहज हुने

बिजमाण्डू
२०७३ माघ ११ गते १८:२० | Jan 24, 2017

काठमाडौं। भारतको केरालामा रहेको अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज् र नेपालको एशोसिएसन अफ ननगर्भमेन्ट हस्पिटल्स (एनगोज) ले एनगोज सदस्य संस्थाहरुमा बिरामीको हेरविचार र स्वास्थ्य सेवा प्रदान प्रणालीमा सुधार गर्ने विषयमा सम्झौता गरेका छन् ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेज, केरला, भारतका मेडिकल निर्देशक, डा. प्रेम नैयर र एनगोसका अध्यक्ष डा. भरत प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार  भारतीय अस्पतालले एनगोज सदस्यता भएका नेपालका सबै स्वास्थ्य संस्थाहरुमा विशिष्ट र अर्ध विशिष्ट किसिमको सेवाहरुकालागि स्टेट अफ आर्टमा आधारित टेलिमेडिसिन परामर्श सेवा स्थापना गर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

अम्रिता इन्टिच्यूट अफ मेडिकल साइन्सेजका मेडिकल निर्देशक डाक्टर प्रेम नैयरका अनुसार एडभान्स सर्जरीको तालिम कार्यक्रमहरु छिटै शुरु हुनेछ ।  एनगोसका अध्यक्ष डाक्टर भरत प्रधानले सहकार्यले अस्पतालहरुको समग्र विकासमा फाईदा पुग्ने बताए।

यसको अर्को महत्वपू्र्ण पक्ष स्वास्थ्य शिक्षा र तालिम कार्यक्रमको माध्यमबाट वृहत रुपमा स्वास्थ्य व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्नु हो ।

मेडिकल शिक्षाको निरन्तरताका लागि ई–लर्निंग कार्यक्रमहरुका साथै स्वास्थ्य व्यवसायीहरु, डाक्टरहरु, मेडिकल विद्यार्थीहरुका लागि आदान प्रदान कार्यक्रम पनि संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।